कैलाली, ३० वैशाख :
कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आज दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलारी –८ लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउँदको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बालक खड्काको घटनास्थलमै र बालिका साउँदको सेती प्रादेशिक अस्पताल मृत्यु भएकोे हो ।
दुवैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।








