काठमाडौँ, ३० वैशाख
मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालयका उपसचिवविरुद्ध बलात्कार आरोपमा मुद्दा दर्ता भएको छ ।
धनुषाका एसपी भुवनेश्वर तिवारीका अनुसार रुपेशकुमार साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएको हो ।
नशालु पदार्थ खुवाएर साहले एक महिलालाई बलात्कार गरेको पीडित महिलाको आरोप छ । साह फरार रहेको प्रहरीले जनाएको छ ।








