काठमाडौँ, २८ वैशाख
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ ।
सभामुख देवराज घिमिरेले बजेट अधिवेशन प्रारम्भ भएको राष्ट्रपति रामचन्द्र पौडेलको पत्र वाचन गर्नासाथ कांग्रेसका सांसदहरू उभिएर सदन अवरोध गरेका हुन् ।
कांग्रेस गृहमन्त्री रवि लामिछानेको सहकारी रकम अवचलनबारे छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने बताउँदै आएको छ ।