सुनसरी, २६ वैशाख
सशस्त्र प्रहरीले सुनसरीबाट एक क्विन्टल गाँजा बरामद गरेको छ ।
गए राति सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो ।
सुनसरी जिल्ला बर्जू गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले छोपी लुकाई छिपाई राखेको ३ बोरा गाँजा बरामद गरिएको हो ।
बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।