Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ १२, २०८३
☰
Logo मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

  • ५. ‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

  • ६. मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

  • ७. चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

  • ८. रामेश्वर टोलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाद्वारा रक्तदान

  • ९. तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा

  • १०. पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

आयोगले सोध्यो विद्यालयका प्रधानाध्यापकदेखि माओवादी अध्यक्ष प्रचण्डसम्मलाई स्पष्टीकरण, कारवाही फितलो

काठमाडौं, २९ वैशाख-

निर्वाचन आचारसंहिता, २०७८ उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दैनिक विभिन्न व्यक्तिहरुलाई स्पष्टीकरण सोध्दै आएको छ ।

स्पष्टीकरण सोधिएकामा कार्यकर्तादेखि नेता र पत्रकारदेखि सञ्चार गृहसम्म रहेका छन् । आयोगले स्पष्टीकरण माग्न मन्त्रीलाई पनि छुटाएको छैन । तर गम्भिर कारवाही कसैलाई पनि गरेको छैन ।

आयोगले पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग स्पष्टीकरण सोधेको छ ।

आयोगले प्रचण्डलाई चितवनको भरतपुरमा वैशाख २३ गते आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण सोधेको हो ।

‘यदि यस भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई मतदान नगरी पराजित गराएमा देश दुर्घटनामा जानेछ’ भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो । प्रचण्डले मतदातालाई धम्की दिएको भन्ने उजुरी आयोगमा परेको छ ।

आयोगले नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी प्रधानमन्त्री पत्नी राणालाई मतदातालाई अनुचित प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको जनाउँदै स्पष्टीकरण सोधेको छ । राणा विरुद्ध नेपाली कांग्रेस (बीपी)ले आयोगमा उजुरी दिएको थियो ।

राणाले गठबन्धनका उम्मेदवारलाई जिताएमा प्रत्येक वडाबाट चार पाँच जनाका दरले निशुल्क मलेसिया पठाउने प्रलोभन देखाएको र कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नपठाउने भनि संविधान विपरित अभिव्यत्ति दिएको भन्दै आयोगले स्पष्टीकरण मागेको हो ।

मन्त्री आलेविरुद्ध वैशाख २६ गते चुनावी सभामा आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी)लाई भोट मागेको, मतदाता भड्काउन भ्रामक भाषण गरेको, तडकभडक गर्दै भोजभतेर गरेको, मतदातालाई रकम बाँडेको, उम्मेदवारको चरित्र हत्या गरेको लगायतका आरोपसहितको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि स्पष्टीकरण सोधेको छ । मौन अवधि सुरु भएपछि उनले बुधबार पार्टीको उम्मेदवारलाई भोट मागेपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको हो ।

नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश कमिटी सदस्य तथा प्रचण्डकी छोरी गंगा दाहाललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । दाहालले भरतपुर महानगरपालिकाको मेयरमा माओवादी उम्मेदवार तथा आफ्नै दिदी रेणु दाहाललाई मौन अवधिको समयमा भोट मागेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले पर्साको वीरगन्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सरावगीलाई स्पष्टीकरण सोधेको छ । उनीविरुद्ध मतदाता खरिद गर्न नगदको लेनदेन गरेको भन्ने उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट कलैया उपमहानगरपालिका वडा नं.२३ का वडाध्यक्षका उम्मेदवार बिक्रम साहलाई आयोगले स्पष्टीकरण सोधेको छ । उनी चुनाव चिन्ह अंकित टिसर्टसहित प्रचारमा देखिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई स्पष्टीकरण सोध्दै आचारसंहिताबारे ध्यानाकर्षण गराएको छ । पोखरेलले निर्वाचन आचारसंहिता मान्न जरुरी नभएको भन्ने अभिव्यक्ति दिएपछि आयोगले उनलाई स्पष्टीकरण सोधी ध्यानाकर्षण गराएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । कांग्रेसको चुनावी कार्यक्रममा सरकारी गाडी चढेर पुगेपछि उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले कांग्रेस नेता डा. शशांक कोइरालासँग स्पष्टीकरण सोधेको छ । कोइरालाले गएको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको बताएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहित लागु भएपछि आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितसँग दुई पटक स्पष्टीकरण सोधेको छ ।

वैशाख १५ गते धुम्बाराहीस्थित नेशनल कलेजले आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर आयोगले पहिलो पटक स्थापितसँग स्पष्टीकरण मागेको थियो ।

स्थापितसँग आयोगले दोस्रो पटक काठमाडौं महानगरपालिकाका अर्का प्रमुखका उम्मेदवार बालेन साह विरुद्ध दिएको अभिव्यत्तिलाई लिएर सोधेको थियो ।
आयोगले निर्वाचन आचारसंहित प्रतिकूल गतिविधि गरेको भन्दै नेकपा (माओवादी केन्द्र) सँग पनि जवाफ मागेको छ । माओवादीले कलैया उपमहानगरपालिका–२३ का वडाध्यक्ष बिक्रम साह लगायतका व्यक्तिहरुले माओवादी केन्द्रको चुनाव चिन्ह अंकित टिसर्टसहित प्रचारमा देखिएको समाचार सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएपछि दलबाट भएको हो वा होइन ? भनि आयोगले जवाफ मागेको हो ।

आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग स्पष्टीकरण सोधेको छ । उनले अग्निपीडित मुक्त कमैयाका घर बनाई दिने प्रतिवद्धता जनाएपछि स्पष्टीकरण सोधेको हो ।

आयोगले निर्वाचन परिवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई समेत स्पष्टीकरण सोधिसकेको छ । वैशाख १९ गते उनले एक टेलिभिजनमा निर्वाचन आचारसंहिता २०७८ विपरीत हुने गरी ‘राजनीतिक दल हैन स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्छ’ भनी मतदातालाई प्रभाव पार्ने अभिव्यक्ति दिएको जनाउँदै आयोगले स्पष्टीकरण सोधेको हो ।

यही बीचमा दुर्गा भगवती गाउँपालिका–४ का अध्यक्ष धर्मनाथ चौधरीलाई आयोगले स्पष्टीकरण सोधेको छ । वडा अध्यक्ष चौधरीले निर्वाचनलाई प्रभावित गर्नेगरी गतिविधि गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले नेपाली कांग्रेस पार्टीसँग पनि स्पष्टीकरण मागेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौँ’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिएपछि सो राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ मागेको हो ।

तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख बासुदेव घिमिरेलाई आयोगले स्पष्टीकरण सोधेको छ । दलीय चुनावी प्रचारप्रसारमा खटिएको फोटोसहितको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन तथा सम्प्रेषण भएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले नेपाल राष्ट्र आधारभूत विद्यालय कपिलवस्तुका प्रधानाध्यापक प्रल्हाद पाण्डेसँग स्पष्टीकरण मागेको छ । उनी दलीय चुनावी प्रचारप्रसारमा संलग्न रहेको भन्दै फोटोसहितको समाचार प्रकाशन भएपछि निर्वाचन आयोगले उनीसँग जवाफ मागेको हो ।

आयोगले मेलम्ची नगरपालिका–१० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनाललाई पनि स्पष्टीकरण सोधेको छ । मतदाताको पाउमा एक हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सञ्चार माध्यममा प्रकाशन भएपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको हो ।

यस्तै आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई स्पष्टीकरण सोधेको छ । मन्त्री मोक्तान चुनावी प्रचारमा खटीएको फोटोसहितको समाचार प्रकाशन भएपछि के भएको हो भनी आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले महिला पुनस्र्थापना केन्द्र (ओरेक) सँग पनि स्पष्टीकरण सोधेको छ । ओरेकले काठमाडौं महानगरपालिकाका प्रमुख पदका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितबारे जारी गरेको प्रेस विज्ञप्ति निर्वाचन आचारसंहिता प्रतिकूल रहेको जनाउँदै स्पष्ट पार्न भनेको हो ।

आचारसंहिता उल्लंघन गर्ने २१२ मिडियामाथि कारवाही

प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ ।

काउन्सिलका अनुसार कारवाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६ वटा अनलाइन न्युज पोर्टल र ४४ वटा वेब पोर्टल रहेका छन् । यस्तै २९ जना पत्रकारलाई पनि कारवाही गरिएको छ ।

प्रकाशित तथा प्रसारित भएका २२३ वटा सामाग्रीलाई लिएर काउन्सिलले २१२ वटा मिडियालाई कारवाही गरेको हो ।- न्युज कारखाना

Chitwan Aaja चितवन आज
बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव
बाँदर आतंक रोक्न जनतालाई हतियारको व्यवस्था गर्न सांसद राईको माग
झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ:सांसद ओली

ताजा समाचार

सबै

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

बाँदर आतंक रोक्न जनतालाई हतियारको व्यवस्था गर्न सांसद राईको माग

झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ:सांसद ओली

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

यस्तो छ आजको राशिफल

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यकः मन्त्री गौतम

कोरिया जान पर्खाइमा रहेका युवाहरूको प्रदर्शन,कोरिया पठाउने व्यवस्था मिलाउन माग

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग सम्बन्धित झन्डै २ करोड

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

काठमाडौंका आठ पालिकामा रास्वपाले अधिवेशन सक्यो, को को चुनिए ?

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

  • ५.
    ‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

  • ६.
    मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech