काठमाडौं, २३ चैत-
बाराको निजगढ नगरपालिका–१० मा बुधबार बिहान ट्रयाक्टरमा जोडेको रोटाभेटरले किचेर एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिपास बम्जन रहेका छन् ।
प्रदेश २ ०३ ००१ त १३१३ नम्बरको ट्रयाक्टरमा जडान गरेको रोटाभेटरमा आज बिहान ८ बजे चढ्ने क्रममा उनलाई किचेको थियो ।
ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय निजगढ बाराले जानकारी दिएको छ । – न्युज कारखाना