Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, जेठ ०३, २०८३
☰
Logo आइतबार, जेठ ०३, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

लोकप्रिय समाचार

  • १. यस्तो रहने छ आजको राशिफल

  • २. सुन तोलाको चार हजार ४ सयले बढेर तीन लाख २ हजार ९ सय रुपैयाँमा कायम

  • ३. धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते

  • ४. ‘मोबाइल’को निउँमा भनाभन हुँदा छुरा प्रहार गरी हत्या,दुई जनालाई पक्राउ

  • ५. मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता

  • ६. चितवनका दूग्ध उत्पादक किसानले अझै पाएनन् भुक्तानी

  • ७. यस्तो छ आजको राशिफल

  • ८. स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैनः सांसद खरेल

  • ९. पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

  • १०. बजेट अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिंगे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ ।

व्यवसायीलाई रवि लामिछानेको आश्वसन : नेताको ढोका चहार्नुपर्दैन, आर्थिक अपराधमा थुनेर आतंकित बनाउँदैनौं

काठमाडौँ, २० वैशाख –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको योगदान अपरिहार्य रहेको भन्दै व्यवसायीहरूलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा उनले सरकार र दलहरूले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका हुन् ।

रास्वपाले लिएको ‘अर्थ–राजनीति’ को अवधारणाले व्यवसायीका समस्या समाधान गर्ने दाबी गर्दै उनले राजनीतिले बजारलाई चलायमान बनाउन, रोजगारी सिर्जना गर्न र वैदेशिक लगानी भित्र्याउन नसके त्यसको कुनै अर्थ नहुने स्पष्ट पारे ।

व्यवसायीहरूले व्यवसाय सञ्चालनका लागि कुनै पनि राजनीतिक दल वा नेताको चाकडी गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उनले घोषणा गरे । हिजोका दिनमा बाध्यतावश राजनीतिक नेतृत्वको ढोका ढकढकाउनु परेको भए पनि अब त्यो अवस्था नरहने उनको भनाइ छ । व्यवसायीलाई कुनै पनि पार्टीको सदस्यता लिन वा चन्दा दिन नपर्ने स्पष्ट पार्दै लामिछानेले व्यक्तिको सम्बन्धले नभई राज्यको नीतिले नै लगानी र व्यवसायको सुरक्षा गर्ने प्रतिबद्धता जनाए ।

पछिल्लो समय उद्योगी–व्यवसायीमा देखिएको त्रास र धरपकडको सन्दर्भमा पनि उनले सरकारको धारणा प्रस्ट पारे । सुशासनको अभियान सञ्चालन गर्दा इमानदार व्यवसायीहरू आतंकित हुनु नपर्ने भन्दै उनले आर्थिक अपराध वा राजस्वमा भएका गल्तीहरूलाई फौजदारी कसुरभन्दा पनि आर्थिक जरिवाना र कानुनी दायरामा ल्याएर समाधान गरिने बताए ।

शरीरलाई क्षति पुर्‍याउने नभई खिल निकाल्ने प्रयास मात्र भइरहेको उनको भनाइ छ । यद्यपि, राज्यका संयन्त्र कब्जा गरेर गरिने ठूला घोटालाहरूमा भने निर्मम हुने चेतावनी दिँदै उनले व्यवसायीहरूलाई आन्तरिक लेखापरीक्षण गरी कानुनी प्रक्रियामा सहयोग गर्न आह्वान गरे ।

सूचना प्रविधि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न यसलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्ने तयारी भइरहेको लामिछानेले जानकारी दिए । देशको बढ्दो व्यापार घाटा न्यून गर्न र युवाहरूलाई स्वदेशमै रोजगारी दिन डिजिटल अर्थतन्त्रको ठूलो भूमिका रहने उनको भनाइ छ ।

आगामी बजेटमा स्टार्टअपहरूलाई विश्वव्यापी बजारसँग जोड्न पेमेन्ट गेटवेका कानुनी अड्चन हटाउने, कर सहुलियत दिने र सफ्टवेयर निर्यात गर्ने कम्पनीहरूका लागि अनुकूल वातावरण बनाउने उनले बताए ।

राष्ट्रिय गौरवका आयोजना र महत्त्वपूर्ण सडक पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न ‘पूर्वाधार संकटकाल’ को अवधारणामा काम गर्ने योजनासमेत उनले सुनाए । आयोजनाहरू दशकौँसम्म लम्बिने प्रवृत्ति रोक्न तीन सिफ्टमा २४ सै घण्टा काम गर्ने गरी नयाँ कार्ययोजना ल्याउन लागिएको उनले खुलाए । दाउन्ने जस्ता महत्त्वपूर्ण सडक खण्डहरूको उदाहरण दिँदै उनले अब वर्षौंसम्म बाटो कुरेर बस्ने अवस्था नरहने र निर्माणमा निजी क्षेत्रको प्राविधिक क्षमताको पूर्ण सदुपयोग गरिने प्रस्ट पारे ।

नेपालले आफ्नो वैदेशिक सम्बन्धलाई अब ‘आर्थिक कूटनीति’ मा केन्द्रित गर्ने नीति लिएको लामिछानेले बताए । वैदेशिक साझेदारहरूसँगको भेटघाट अब गफमा मात्र सीमित नभई आर्थिक सूचक र उपलब्धिमा आधारित हुने उनको भनाइ छ ।

दुई ठूला छिमेकीबाट लाभ लिन नसके सम्बन्धको उचाइको अर्थ नरहने भन्दै उनले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित रहेको सन्देश विश्वलाई दिन चाहेको बताए ।

यसैगरी, सुकुम्बासी र अव्यवस्थित बसोवासीको व्यवस्थापनका क्रममा कुनै पनि नागरिकलाई घरबारविहीन नबनाइने उनले प्रतिबद्धता जनाए । खोला किनारमा सधैँ डरमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न खोजिएको भन्दै उनले यसलाई राष्ट्र निर्माणको संक्रमणकालीन योगदानका रूपमा बुझ्न आग्रह गरे । वास्तविक सुकुम्बासीहरूलाई सुरक्षित बासस्थान उपलब्ध गराएरै छाड्ने उनको दाबी छ ।

Chitwan Aaja चितवन आज
आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मदन–आश्रितप्रति दासढुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान
मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

ताजा समाचार

सबै

मदन–आश्रितप्रति दासढुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

कांग्रेसलाई समाजमुखी बनाउँदै सबै नेतालाई साथमा लिएर अघि बढ्न तयार छुः सभापति थापा

सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र कमजोर पार्ने संकेत देखिएको छ : नेता ज्ञवाली

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

कस्तो छ पोखराको सुकुम्बासी बस्तीहरु

चितवनमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका दुई बालबालिका मध्य थप एक जनाको मृत्यु

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली

सिरहामा ४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

सरकारको नियत सही देखिएन, प्रतिवाद गर्छौं : प्रचण्ड

सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

आदर्श गृह नेपालको १८औँ साधारणसभा भव्य रूपमा सम्पन्न, संस्थाले आफ्नै भवन निर्माण गर्दै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहने छ आजको राशिफल

  • २.
    सुन तोलाको चार हजार ४ सयले बढेर तीन लाख २ हजार ९ सय रुपैयाँमा कायम

  • ३.
    धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते

  • ४.
    ‘मोबाइल’को निउँमा भनाभन हुँदा छुरा प्रहार गरी हत्या,दुई जनालाई पक्राउ

  • ५.
    मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता

  • ६.
    चितवनका दूग्ध उत्पादक किसानले अझै पाएनन् भुक्तानी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech