Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, बैशाख ०९, २०८३
☰
Logo बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

लोकप्रिय समाचार

  • १. भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५. मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ६. बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ७. चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • ८. राहदानीमा गैरकानुनी टिप्पणी लेख्ने अध्यागमनका कर्मचारीमाथि छानबिन सुरू

  • ९. दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

  • १०. सार्वजनिक लेखा समितिको सभापतिमा काँग्रेस सांसद खड्काको उम्मेद्वारी दर्ता

भरतपुरको सूर्यमुखी खेतीमा फोटो भिडियो खिच्नेको घुईंचो

नारायणगढ (चितवन), फागुन २६ –
भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाउनुभएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भीड देखिन थालेको छ । करिब साढे दुई बिघा क्षेत्रफलमा फुलेका सूर्यमुखी फूल हेर्न आउनेको जमात दिनदिनै बढ्दै गएको छ ।

यहाँ कोही टिकटक बनाउँदै भेटिन्छन् भने कोही अध्ययन–अवलोकन गर्दै र कोही फोटो खिच्दै रमाइरहेका देखिन्छन् । फूलमा मौरीले रस सङ्कलन गर्दै बगानभरि घुमिरहेको दृश्य र बाली जोगाउन सुगालगायत चरालाई भगाउन राखिएका ‘डमी’ले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ । बगानको बीच भागमा निर्माण गरिएका मचानमा बसेर चारैतिर फैलिएको सूर्यमुखी बारी अवलोकन गर्दा निकै रमाइलो अनुभव गर्न सकिन्छ ।

भरतपुर–३ बाट अवलोकन गर्न आउनुभएका पवन अधिकारी र उल्झना अधिकारीले यहाँको वातावरण निकै रमाइलो लागेको बताउनुभयो । उहाँहरूले अन्यलाई पनि यहाँ आएर फूलको सौन्दर्य अवलोकन गर्न र केही समय मन प्रफुल्लित बनाउन आग्रह गर्नुभयो ।

त्यसैगरी, समूहमा यहाँ घुम्न आउनुभएका गीता खड्का, आस्मा गुरुङ, जेनी चौधरी, सानु चौधरी र साना चौधरीले पनि बगान निकै आकर्षक रहेको बताउनुभयो । नारायणगढबाट आउनुभएका उहाँहरूले अघिल्लो वर्ष आउने योजना भए पनि फूल सुकेको हुँदा आउन नपाएको र यस वर्ष भने फूल फुलेको समयमा आएको बताउनुभयो । टिकटकमा देखेर यहाँ आउन प्रेरणा मिलेको उहाँहरूको भनाइ छ ।

एग्रो–इको टुरिजम प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको यस बगानले यस क्षेत्रलाई चहलपहल बनाउनुका साथै युवाहरूलाई कृषि क्षेत्रमा लाग्न प्रेरणा पनि दिएको छ । हाल यहाँ दैनिक चारदेखि पाँच सयसम्म मानिस विभिन्न स्थानबाट अवलोकन गर्न आउने गरेका छन् । फूल फुल्ने समय सीमित हुने भएकाले यस अवधिमा आगन्तुकको भीड बढी हुने गरेको छ । अधिकारीले भन्नुभयो, “धेरैजसो रमाउन, फोटो खिच्न र टिकटक बनाउन आउनुहुन्छ । कतिपय भने खेतीबारे बुझ्न पनि आउनुहुन्छ । बीउ कहाँ पाइन्छ रु ‘मेरो पनि जग्गा छ, म पनि लगाउँछु’ भन्दै सल्लाह लिन आउनुहुन्छ । सकेसम्म मैले जानेको कुरा सिकाएर पठाउने गरेको छु ।” युवाहरूमा पनि यस खेतीप्रति आकर्षण बढ्दै गएको र कृषि पर्यटनको सम्भावना देखिएको उहाँको भनाइ छ ।

प्राङ्गारिक किसान अधिकारीले कुनै पनि रासायनिक मल वा विषादी प्रयोग नगरी खेती गर्न थालेको ३६ वर्ष भएको बताउनुहुन्छ । उहाँको अग्रसरतामा जिल्लाका केही स्थानमा प्राङ्गारिक कृषि प्रणाली पनि अपनाइएको छ । यहाँ उहाँले सूर्यमुखीसँगै गाजर, चुकन्दरलगायतका खेती पनि गर्दै आउनुभएको छ ।

उहाँका अनुसार गत वर्ष यहाँ गाजर र चुकन्दरखेती गरिएको थियो भने अघिल्लो वर्ष पनि सूर्यमुखी लगाइएको थियो । यस वर्ष पुनः सूर्यमुखी खेती गरिएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष आगन्तुकबाट राम्रो प्रतिक्रिया प्राप्त भएपछि यस वर्ष पनि सूर्यमुखी लगाइएको र हालसम्म राम्रो भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार यस बगान स्थापना गर्न रोपाइँ, गोडमेल र व्यवस्थापनमा ठूलो लगानी गरिएको छ । उहाँले तेलबाली अनुसन्धान कार्यक्रम सर्लाहीबाट बीउ ल्याएर यहाँ सूर्यमुखीखेती गर्नुभएको हो । यहाँ उत्पादन हुने प्राङ्गारिक वस्तुको बजारको समस्या नभएको उहाँले बताउनुभयो । काठमाडौँस्थित अग्र्यानिक मार्टमा यहाँका उत्पादन जाने गरेका छन् । सूर्यमुखीको तेल प्रतिलिटर रु ८०० मा बिक्री हुने उहाँको भनाइ छ ।

उहाँका अनुसार मङ्सिरको सुरुमा रोपिएको सूर्यमुखी चैतमा उत्पादन दिन्छ । यही समयमा फूल फुल्ने भएकाले मानिसहरू अवलोकन गर्न आउने गरेका हुन् । “फूल फुल्ने समयमा कृषि पर्यटनसँग जोडिएको छ”, उहाँले भन्नुभयो, “मैले सुरुमा पर्यावरणमैत्री कृषि गरिरहेको थिएँ, पछि यससँग पर्यटन पनि जोडियो ।” कृषिमा अत्यधिक नाफाको अपेक्षा गर्नु नहुने उहाँ बताउनुहुन्छ । “कृषि गर्नु आफैँमा आनन्दको विषय हो”, उहाँले भन्नुभयो । अवलोकनका लागि आउने आगन्तुकबाट आफूलाई पनि हौसला मिलेको उहाँको भनाइ छ ।

नेपालको भौगोलिक विविधताले फरकफरक स्थानमा फरक किसिमको कृषि प्रणाली अपनाउन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । “हरेक भूगोलअनुसार उत्पादन गरेर देशलाई आवश्यक पर्ने वस्तु उपलब्ध गराई बाँकी निर्यात गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि कृषि विज्ञको परामर्श र नीतिनिर्माताको सहयोग आवश्यक छ ।” नेपालमा कृषिको सम्भावना राम्रो रहेको उल्लेख गर्दै उहाँले जानेर–बुझेर तथा विज्ञको सल्लाह लिएर फरकफरक प्रकारका कृषिबाली र कृषि पद्धति अपनाउनसके राम्रो हुने सुझाव दिनुभयो । रासस

Chitwan Aaja चितवन आज
मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन
रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट पेस
भरतपुरमा विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

ताजा समाचार

सबै

स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट पेस

भरतपुरमा विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

कञ्चनपुरमा बिहेमा गएका युवकको हत्या, दुई जना पक्राउ

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ: सांसद शाही

पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

अक्षय तृतीयाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

कर्णाली नदीमा बेपत्ता बुवा–छोराको शव भेटियो

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

असिनाले ७४ सवारीसाधनमा क्षति

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४.
    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५.
    मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ६.
    बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.