काठमाडौं , मंसिर २३ –
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्चपदस्थ सबैको सम्पत्ति दोहोर्याए छानबिन गर्न माग गरेका छन् ।
भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा संयोजक प्रचण्डले सोमबार शुभकामना व्यक्त गर्दै उनले यस्तो माग राखेका हुन् ।
उनले भने ,“मैले संसद्को रोष्टमबाटै माग गरेको थिएँ । आज यो दिवसका अवसरमा पनि त्यही मागलाई फेरि सशक्त रूपमा दोहोयार्याउँछु ।” “यसका लागि राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सचेत सहभागिता अपरिहार्य छ,”
भ्रष्टाचार विरुद्धको लडाइँ एक दिनको अभियान नभएको भन्दै संयोजक प्रचण्डले यो निरन्तरको सङ्घर्ष भएको बताएका छन् ।
यो दिवसले सबैलाई सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति थप जिम्मेवार बनाउन तथा भ्रष्टाचारमुक्त, समृद्ध र समाजवादी नेपाल निर्माणको सङ्कल्पलाई थप सशक्त बनाउन प्रेरणा मिल्ने विश्वास प्रचण्डको छ ।









