२१ मंसिर, काठमाडौं-
भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीविरुद्ध अदालतले ५ लाख धरौटी माग गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई भण्डारीसँग ५ लाख धरौटी माग गर्ने आदेश गरेको हो ।









