१९ मंसिर,बैतडी ।
बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
सतबाँज सिरभाँवर सडकअन्तर्गत भित्री कच्चि सडकमा सुर्नया-४ सन्सेरमाडौंदेखि धनगढी जाँदै गरेको भे.१ख. १६३९ नम्बरको मिनी ट्रक सुर्नया-५ कठेगौणामा बिहीबार राति दुर्घटना भएको हो।
दुर्घटनामा चालक सुर्नया-४ कौलाडी बस्ने अन्दाजी २८ वर्षका नरेश महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडूले बताए। ट्रक सडकबाट करिब ५० मिटर तल सुर्नया नदीमा खसेको थियो।






