– दुर्लब बन्धु पोख्रेल
काठमाडौं, असोज ८-
पछिल्लो समय नेपाली समाजमा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने चलन बढ्दै गएको देखिन्छ। झट्कार्दा ती ट्याटुहरु कुनै शक्तिका प्रतीक, कुनै प्रेमका प्रतीक, कुनै सुन्दरताको प्रतीकको रुपमा देखिएपनि त्यसको पछाडिको भाव भने फरक देखिन्छ । नेपाली समाजमा शास्त्रीय रूपमै के बुझाई छ भने यस जीवनमा, लोभ, पाप गरेर जतिसुकै नैतिक अनैतिक सुख सम्पत्ति कमाएपनि यो आवधिक जीवनमा मर्दासँगै लैजाने भौतिक चिज भने केहीपनि छैन। तर ट्याटु यस्तो चिज हो जो भौतिक रुपमा निर्माण गरेर आफ्नो पार्थिव शरीरसँगै लैजान सकिन्छ । यसै बुझाईले धेरै जनाले आफ्नो कमाईको केही अंश हिस्सा भएपनिसँगै लैजाने हेतुले शरीरमा ट्याटु खोप्ने गरेको देखिन्छ। देशको पछिल्लो राजनीतिक परिवेशलाई विश्लेषण गर्ने हो भने ट्याटु पछि राजनीतिक दल यस्तो भौतिक चिज हो जुन नेताको शरीरसँगै सती जाने परिस्थिति देखिन्छ।
हुनत व्यक्तिको आयुको तुलनामा देश, दल, सङ्घ, संस्थाहरूको आयु निकै लामो हुन्छ भन्ने बुझाई छ। तर हाम्रो देशको मूलधारका भनिने प्रमुख दल को अवस्था हेर्ने हो ती दलका नेतृत्वले आफ्नो जीवनसँग दललाई पनि सँगै लैजाने प्रयत्न गरेको देखिन्छ भने दोस्रो पुस्ता भनिनेले नेतृत्वसँगै दललाई पनि सती पठाउने प्रयत्न गरेको देखिन्छ। नेतृत्वसँग सँगै सती जानसक्ने दलको लिष्टमा नेकपा एमाले अग्र पङ्क्तिमा रहेको छ। हुनत् एमालेले यस देशलाई निकै ठुलो गुन पनि लगाएको छ। व्यक्ति हत्याबाट राज्यसत्ता प्राप्त हुन्न भन्ने विश्व कम्युनिष्ट आन्दोलनको उग्रवामपन्थी भड्काउनेलाई विचारको बहस र शान्तिपूर्ण आन्दोलनबाट जनमत स्थापीत गरि सरकार सञ्चालनको माध्यमबाट जनपक्षीय बजेटको माध्यमबाट जनहितका कार्य गर्न सकिन्छ भनि निर्वाचनमा ब्यालेट थापेर देशको ठूलोदल बनी (बजेटलाई स्थानीय तहले परिचालन गर्ने गरि स्थानीय तहमा बजेट पठाउने, आफ्नो गाउँ आफै बनाउ भन्दै जनसहभागितामा विकास निर्माण गर्ने योजना अगाडि सार्ने, नौ सू को माध्यमबाट सुधारका योजना अगाडि बढाउने, वृद्ध भत्ता जस्ता सामाजिक सुरक्षाका कार्य योजना अगाडि बढाउने, पारवहन सन्धिको माध्यमबाट समुन्द्रसङको पहुँच बिस्तार गर्ने, नाकाबन्दीमा डटेर सामना गर्ने, आफ्नो देशको सिमा सम्बन्धमा अन्तर्राष्ट्रिय फोरममा आवाज उठाउने, पानिजाहज, मनोरेल, रेल जस्ताकुरा गफैमा सिमित भएपनि देशमा बिकास सम्भव छ भन्दै बिकासमा बहस चलाउने दल ने क पा एमाले हो भन्दा कसैलाई अन्याय हुन्छ जस्तो लाग्दौन । यति हुदा हुदैपनी एमाले को पछिल्लो नेतृत्वले १४ वर्ष सम्म तपस्या गरी प्राप्त गरेको शेषनागको भन्दा फड्कारीलो जिव्रो, बिदुरको भन्दा बढ्ता ज्ञान, दुर्योधनको भन्दा बढ्ता दम्भ शकुनि भन्दा पनि चलाख अझ भन्ने हो भने अमरत्तो प्राप्त गरेका कारणले उनको जीवन सगै सरिरमा खोपेको ट्याटु जसरी एमालेपनी बिलिन हुने मोडमा पुगेको छ। एमालेको अवसानमा मुल नेतृत्व सगै बा को लगुटी नसमाई हिड्नै नसक्ने बा लाई नै देवत्तोकरणगरी बा कै आसिर्वादको प्रसादमा रमाइ रहेने सठिई सकेको दोस्रो पुस्ता को पनि उत्तिकै भुमिका छ। कुनै पनि दलमा जीवन चक्र चल्न सक्नुपर्छ। एकातिरबाट पस्ने र चक्रमा चल्दै अर्को तर्फबाट निस्कने सिस्टम बिकास गर्न सकेन भने मुखबाट हालेको चिज तलबाट निस्केन भने जे हुन्छ पाटीपनी तेही हुने हो ।
अझैपनि भिरमा पुगेको एमालेलाई राम राम जप्दै जोगियोस् भन्नेहरुको संख्या ठुलै छ तर काँधै हाल्ने आट कमजोर बन्दै गएको छ। कमजोर नहोस् पनि कसरी एमालेमा जुन पुस्ता क्रियाशिल छ उ राम नाम जपेरै बस्ने पुस्ता छ। तो पुस्ताको अझै एमालेलाई आशिर्वाद त छ तर जुन पुस्ताको बलले दलहरुलाई उर्जा थप्ने हो तो पुस्ता दलमा छिर्नकालागी दलको जिवनचक्र चलेकै छैन । चलोसपनि कसरी असी वर्षमा पनि विहारको कोईला रेलले फालेको धुवाँ भन्दा कालो त जुगाँ पलाउँदै आएको छ। ९९ सय कौरव भाईहरुको मृत्यु पश्चात् पनि दुर्योधनमा जुन दम्ब थियो एमाले नेतृत्वमा पनि अझै बाँकी छ। किनकी एमाले नेतृत्वको आडमा अझैपनि असोस्थामा र कृतवर्मा बाँकी नै छन्। तिनिहरुले एमाले नेतृत्वको साथ तेति बेलासम्म छोड्ने छौनन् जतिबेलासम्म ओलिको सरिमा खोपेको ट्याटु जसरी ओलसँगै एमालेलाई चितामा पुराउने छैनन्। त्यसैले एमाले जनले एमालेमा लागेको धुलो ट्क्टकाएर उठोस र फेरीपनि देश र जनताको पक्षमा जुटोस् भन्ने हो भने पाखामा बसेर रामनाम जपेरमात्र हुनेवाला छैन। बा र आमाको को लगुटी नसमाई हिडन नजानेको दोस्रो पुस्तामा आस गर्न भन्दा । बामे सर्दैगरेको तेस्रो पुस्तासँग बिचाका बात गर्नु पर्ने छ। बा र आमाका लगुटीका पछाडी लगाउन भन्दा बहसबाट बिचारको सृजनामा लगाउन पर्ने छ। जसलेगर्दा तन्देरी पुस्ताले पनि आफ्नो बिचार राख्ने ठाउ पाउन। तन्नेरी पुस्ता पाटीमा पस्न सकोर र सठिएको दम्बी नेतृत्वले पनि सम्मान जनक वहिर्गमन पाओस।
दलमा पुस्तान्तरणको समस्या एमालेमा मात्र रहेको भने हैन। नेपालका मुलधारका भनिएका सबै दलको समस्या एउटै हो। एमाले प्रती नेपाली जनताले गरेको आस अलि बढी भएकाले कुरापनि एमालेको अलि भढी भयोहोला। वि पी को शेख पछी फरदिप गिरी, नरहरी आचार्य लगाएतका एकदुई नेतालाई अपवाद मान्ने हो भने विचारमा बहस गर्ने नेतानै काङ्ग्रेसमा छैन। यदी पाटीहरुलाई बिचारले बाध्न सकिएन भने नेतृत्वत कालो होस वा गोरो निरङकुश नै हुन्छ । नपत्याए जेन्जी भनिएको नयाँ पुस्ताको नेतृत्व हेर्नू। हिजो राप्रपाले आन्दोलन गर्दा महानगरको सन्दौर्यता बिगारेको भन्दै निर्मल निवासलाई चिट काट्ने बालेन आज माहगरजल्दा कस कस्लाई चिट काटे त? यो आन्दोलनका पछाडीको छन् । भन्नेकुरा नदेखिएको हो र? २३ गते को नरशंहारको जिम्मा के पी ओलीलाई दिने हो भने रु २४ गते को बिध्वंसको जिम्मापनि त कसैले लिन पर्ने होलानी? मन परेकाको त कुन्नी के पनि बसाउँछ भने जस्तो हो भनिएको हाे र ? नेता पुर्वाग्रही हुने हो भने हिजोको र आजको मा के फरक परो त ?
उता माओवादी केन्द्रको त कुरै भएन उ त कम्युनिष्ट पाटी हो कम्युनिष्ट पाटीमात नेता नमरी नेतृत्व परिवर्तन हुने त कुरै भएन अहिले जनार्दनले रोईलो गरीरहेका छन् उनले माओवाद नबुझेरहो भनेर मैले भन्न त मिलेन एक दिन अध्यक्षले गद्दार लिम्प्याओ भन्ने छन् सबैले तालि बझाउछन सकिन्छ जस्तो लाग्छ। नयाँ भनिएको रास्वपा त पाटी बन्नै सकेन रवि जादाँ रविको ट्याटु बरु जालाकी नजाला तर रवि बेगर रास्वापा रहला जस्ताे लाग्दैन ? यदी जेन्जी पुस्ता भनिनेहरुपनि नीतिको खोजि नगरी नेतृत्वकै उत्साह बहकिने हो भने । अहिले बालेनको शरीरमा ट्याटु छ कि छैन त थाहा भएन एक दिन बालेनको शरीरमा जेन्जीको ट्याटु अवश्य बन्ने छ।
कुनै पनि आन्दोलनले आनदोलनको बिषयको उठान गर्दा कारक तत्व केहो भनि विश्लेषण गरेर कारक तत्व जरा नउखेल्ने हो भने आन्दोलनले बिध्वंस गर्न त सक्छ तर निकास दिन सक्दैन। हाम्रो जेन्जी पुस्ताले हाम्रो देशमा भ्रष्टचारले कहिलेदेखी रफ्तार लिएको हो र यसको पछाडीको कारक के हो भन्ने विश्लेषण गरेर विषयको उठान गर्न जरुरी छ। अहिले हामिले जिन पुस्तालाई भ्रष्ट भनिरहेका छौ तिनीहरुपनी कुनै बेला हजुरहरु भन्दापनी तन्देरी र क्रान्तिकारी थिए। शिर मा कफन बाधेरै हिडेकै हुन् । हजुरहरुले आज बोल्ने गरेको भन्दापनी कडा बोल्थे लाग्थो यिनीहरुलाई सत्ता सुम्पन पाए देशले काँचुली फेर्ने छ । नेतृत्व पनि सुम्पियकै हो विडम्बना के भने काचुलिपनी फेरी यो तर तिन्को शरिर को मात्र। भोली तपाईहरु यी नेता भन्दा भ्रष्ट नहुने ग्यारेन्टी के छ? शंका किन भने हजुरहरुको आन्दोलनको जग भ्रष्ट नियत माथी उभिएको छ।
४६ को आन्दोलनपछी खुला अर्थनिती अंगिकार गरेकाले विदेशी संघसंस्थाहरुले देशमा खुलम्खुला प्रवेस पाए। जब नेताको पहुँचमा जवाफ दिन नपर्ने पैसाले प्रवेस पायो हो त्यहीबाट हो यी नेताको नैतिकता हल्लीएको। ६३ पछी त झन ती एन जि ओ आइ एन जि ओ हरुको पहुँच हाम्रो संसद, कर्मचारी तन्त्र, न्यायलय, पुलिस, पत्रकार, वकिल, बौद्धिक सबैतिर फैलियो। हाम्रोमा एउटा भनाई छनी एक पटक बाघले मानिसको रगत खायो भने उ निरन्तर मानिस माथी नै आक्रमण गर्छ रे । हो तेही भएको हो हाम्रो समाजमा । जब आई एन जि ओ हरुले नेपाली जनताको रगत पिउन सिकाए त्यस पछी नेताहरुमा बे खोव उन्मात जागेको हो। यदी हामिले भ्रष्ट्रचार मुक्त देश सुसासन चाहने हो भने एन जि ओ को बुई चढेर सम्भव छ जस्तो लाग्दैन । हाम्रो समाजमा एउटा उखान छ गोवन साँप र पस्चिमाले सँगै लखेटे भने पहिला पस्चिमालाई मार्नु पर्छ गोवन सँगत बाँच्न सकिन्छ तर पस्चिमासँग बाच्न गारो हुन्छ। गोवन साँपत मार्यै अव अर्को सग बाँच्न पर्ने छ ।