काठमाडौँ, १७ मङ्सिर :
काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । उनी पाँचहजार ३३४ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले चाहरजार ५५५ मत ल्याए । तेस्रो बनेका नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले चारहजार ३३७ मत ल्याए ।