१७ मंसिर,काठमाडौं-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा तीन दिनसम्म चलेको बयानमा लामिछानेले ७४ प्रश्नको जवाफ दिएको कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो ।
त्यसअनुसार, लामिछानेलाई १३ मंसिरमा काठमाडौं ल्याइएको थियो । कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याएर उनीमाथि बयान लिइएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार