मनहरी (मकवानपुर), मंसिर १६ –
स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् ।
आइतबार जारी वडाध्यक्ष पदका लागि भएको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति छ । निर्वाचन कार्यालयले दुई वटा मतदानस्थलको व्यवस्था गरेको छ ।
मतदान केन्द्रमा मतदाताहरू अहिले पनि मतदान गर्न लामबद्ध छन् ।
निर्वाचन आयोगका अनुसार दिउँसो ४ बजेसम्म देशभर करिब ६१ प्रतिशत मतदान भएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






