काठमाडौं, मंसिर १२
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला अदालत, काठमाडौंमा म्याद थप गर्न प्रहरीले लगेका बेला उनले न्यायाधीशसँग आफू क्यान्सर रोगी भएको र उपचार गर्न समेत नपाएको गुनासो गरेका थिए । त्यसपछि न्यायाधीशले स्वास्थ्य जाँच गराएर चिकित्सकले भनेअनुसार गर्न आदेश दिएका थिए ।
प्रहरीले उनलाई वीर अस्पताल लगेर जाँच गराइएको थियो । चिकित्सकहरूले फिर्ता पठाइदिएपछि उनलाई फेरि प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको थियो ।