काठमाडौं, मंसिर ४ –
भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।
प्रसाईंको फेसबुक पेजबाट हिजो एक भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो । त्यसकाे भाेलिपल्टै उनी पक्राउ परेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिँजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए । ती विवरणहरु सामाजिक सञ्जालमा भाइरल समेत भएका थिए ।
प्रसाईंले कीर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।






