दार्चुला, ३० कात्तिक
दार्चुला जीप दुर्घटनाका घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
शैल्यशिखर नगरपालिका- ६ मा आज बिहान जीप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
उनीहरूलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याइएको छ । दुर्घटनामा ज्यान गुमाउनेलो संख्या आठ पुगेको छ।
दुर्घटनामा अन्य पाँच जना घाइते भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






