२९ कात्तिक, बुटवल
बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भैरहवामा जारी बयान आज सकिँदै छ ।
पोखराबाट मंगलबार भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरु गरिएको हो ।
हिजो १० घण्टा र आज समेत गरी ७० बढी लिखित प्रश्न सोधेको र लामिछानेले सहजरुपमा आत्मविश्वासका साथ इन्कारी बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक अधिकृतले जानकारी दिए ।
अबको केही बेरमा बयान सकिने र आज ४: ४० को फ्लाइट मा पोखरा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।