काठमाडौं, कात्तिक २९-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक सिंहदरबारमा साढे १ बजेबाट सुरु हुनेछ । बैठकका एजेण्डा सार्वजनिक गरिएको छैन ।
पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि पहिलो पटक दलको बैठक बस्न लागेको हो ।