काठमाडाैं, कात्तिक २८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजलाई तय गरेको पत्रकार सम्मेलन स्थगित गरेको छ ।
रास्वपाले विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजेलाई राखिएको पत्रकार सम्मेलन अर्को सूचना नआएसम्मलाई स्थगित गरिएको जानकारी दिएको हो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजेको लागि राखिएको पत्रकार सम्मेलन अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।






