कपिलवस्तु, २७ कात्तिक
सेवाग्राहीसँग २० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे रहेका छन् ।
जग्गा सम्बन्धी मुद्दामा सेवाग्राहीलाई प्रभावमा पारेर घुस लिएको अवस्थामा गौरीचोकस्थित चिया पसलबाट उनीहरुलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले पक्राउ गरेको हो ।






