बुटवल, २७ कात्तिक
बुटवलको सुप्रिम सहकारीका पीडितले प्रदर्शन गरेको छ । आज मंगलबार भैरहवाको बर्मलि टोलमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा पिडितहरुले सहकारीको बचत रकम फिर्ता गर, सहकारी ठगलाइ कारबाही गर, पिडितको मानसिक अवस्था बिग्रदै, राजनीतिक संरक्षण बन्द गर लगायतको प्ले कार्ड बोकेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला सहकारी वकिलको कार्यालय रुपन्देहीमा बयान चलिरहँदा बाहिर सहकारी पीडितहरूले आन्दोलन सुरु गरेका हुन्।






