काठमाडौं, २५ कात्तिक
मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई आइतबार प्रहरीले काठमाडौं ल्याएको छ ।
अधिकारीलाई प्रहरीले आइतबारै मोरङको विराटनगरबाट पक्राउ गरेको थियो । उनलाई हवाईमार्गबाट काठमाडौं ल्याइएको हो ।
मानव तस्करीमा मुछिएसँगै अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई नेकपा (एमाले)ले साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।