काठमाडौँ, २५ कात्तिक
कोशी प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई हवाईजहाजमा काठमाडौं ल्याइने भएको छ ।
मानव तस्करीको आरोपमा विराटनगरबाट पक्राउ परेका अधिकारीलाई अपराह्न २ः३० बजेको समयमा अधिकारीलाई काठमाडौँ ल्याउने तयारी भएको काठमाडौं प्रहरी परिसरका प्रमुख बसन्त रजौरेले जानकारी दिए ।
प्रदेश सरकार र मुख्यमन्त्रीलाई जानकारीसमेत नदिई अधिकारी कात्तिक १३ गते जापान उडेका थिए । उनीसँगै नक्कली परिचयपत्र बनाएका तीन व्यक्ति पनि जापान गएका थिए ।
लुकिछिपी जापान बस्ने योजनासहित गएका उनीहरूलाई टोकियो विमानस्थलबाटै डिपोर्ट गरिएको थियो । जापानले विमानस्थलबाटै फर्काएपछि अधिकारीले राजीनामा दिएका थिए ।
एमालेबाट निर्वाचित सांसद्समेत रहेका उनलाई पार्टीले कारबाही गरिसकेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार