ललितपुर, कात्तिक ३
ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ।
शनिबार अपराह्न पौने ५ बजे ललितपुर महानगरपालिका-१५ सातदोबाटो चोक नजिक बस पकेटमा रोकिरहेको बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो।
बसमा आगलागीको कारण खुलेको छैन । चालकका अनुसार इन्जिनबाट एक्कासी आगलागी भएको थियो । बसमा धुँवा देखिनेवित्तिकै यात्रुहरु झरेका थिए ।
सबै यात्रुहरु सुरक्षित रहेको गिरीले बताए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






