काठमाडाैं, कात्तिक ३
राजनीतिक प्रतिशोध साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाका नेता कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका छन् ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि रवि शुक्रबार समातिएपछि शनिबार दिउँसो काठमाडौंको माइतीघरमा रास्वपाका नेता र कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
सरकारले राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई पक्राउ गरेको आरोप उनीहरूले लगाएका छन् ।
उनीहरूले बिनाकारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए । उनीहरूले सहकारीपीडितलाई न्याय दे, मानव तस्करहरूलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका प्लेकार्ड र नारा लगाइ विरोध जनाएका हुन् ।
लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।
लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो ।






