काठमाडाैं, कात्तिक ३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउविरुद्ध आज पोखरा र काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
रास्वपाले शनिबार बिहान ११ बजे पोखराको चिप्लेढुंगा र दिउँसो १ काठमाडौंको माइतीघर मण्डलमा ‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्न लागेको हो ।
सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट सभापति लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई रात नै पोखरा पुर्याएको छ ।