काठमाडौँ, कात्तिक २
काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो।
उनलाई पक्राउ गर्न सिआइबीका एसपी होबिन्द्र बोगटी पुगेका थिए। उनी नेतृत्वको टोलीले स्थलमार्गबाट पोखरा लैजाने तयारी छ।
रवि लामिछानेले प्रहरीलाई अनुरोध गरेपछि गाडीबाटै लैजान लागेको हो।
जिल्ला अदालत कास्कीबाट लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो। जारी भएसँगै सिआइबीको टोली उनलाई पक्राउ गर्न पुगेको हो।






