काठमाडौं, कात्तिक २
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पार्टी कार्यालयमा पुगेको छ।
प्रहरी स्रोतका अनुसार सिआइबीको टोली पक्राउ गर्न काठमाडौंको चमतिस्थित पार्टी कार्यालयमा पुगेको हो।