Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ २०, २०८२
☰
Logo मङ्गलबार, माघ २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ४. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५. शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ६. आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ७. चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

  • ८. यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

  • ९. इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

  • १०. दमौलीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

भ्रमणका लागि निस्किएका विदेशी पर्यटकले मन्थलीका होटल भरिभराउ

रामेछाप, कात्तिक १-
शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीँबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमणका लागि निस्किएका विदेशी पर्यटकहरूको लाम देखिन्छ तर मौसम सधैँ एकनास हुँदैन । लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ । यसकारण पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपर्दा यहाँका होटल व्यवसायीलाई माग धान्न धौधौ हुने गर्छ । हाल त्यस्तै भइरहेको छ ।

सोमबार र मङ्गलबार रोकिएका केही पर्यटक बुधबार उडे पनि १८ वटा उडान हुनासाथ लुक्लाको मौसम पुनः बिग्रिदा पर्याप्त उडान हुनसकेनन् । जसले एक हजारभन्दा बढी विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् ।

विगत चार वर्षदेखि शरद् ऋतुको समयमा पर्यटकलाई मन्थलीसम्म सडक मार्गमार्फत ल्याएर मन्थलीबाट दैनिक रूपमा लुक्ला पठाउने गरिएको छ । तर बेला बेला मौसममा खराबी हुँदा विदेशी पर्यटक मन्थलीमै रोकिनुपर्दा व्यवस्थापनमा समस्या हुने गरेको होटल व्यवसायी बताउँछन् । क्षमताभन्दा बढी पर्यटकले आफूहरूलाई आवास व्यवस्थापन गर्न धौधौ हुने गरेको होटल तथा पर्यटन व्यवसायी सङ्घ रामेछापका निवर्तमान अध्यक्ष शेखरमान श्रेष्ठ बताउनुहुन्छ ।

यस बेला काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्यन्तै व्यस्त हुँदा नजिकको दूरीमा रहेको मान्थली एयरपोर्टबाट लुक्ला जाने पर्यटकलाई ओसारपसार गर्ने गरिएको छ । काठमाडौँका विभिन्न कम्पनीले सडकमार्ग भएर मन्थली ल्याउने र मन्थलीबाट हवाई उडानमार्फत लुक्ला पठाउने गरेका छन् ।

नागरिक उड्ययन कार्यालय रामेछापका प्रमुख हिरोणकुमार शाह खराब मौसमका कारण रोकिएको अवस्थाबाहेक अनुकूल मौसममा करिब ५५ वटासम्म उडान हुने गरेको बताउनुहुन्छ । हाल केही दिनदेखि मौसममा खराबी हुँदा धेरै पर्यटक मन्थलीमै रोकिएका उहाँले बताउनुभयो ।

पर्यटक सहयोगी चन्द्रबहादुर लामिछानेले क्षमताभन्दा बढी पर्यटक मन्थलीमै रोकिदा आवासीय सुविधाका लागि अन्यन्तै कठिनाइ भइरहेको बताउनुभयो । आफ्नो यात्रासूची बिग्रने भन्दै कोही हेलिकप्टरमार्फत त कोही सडक मार्गमार्फत लुक्लातर्फ लागे पनि अर्को दिन उडान तालिका भएका करिब पाँच यसभन्दा बढी पर्यटक पुनःमन्थली भित्रने गर्दा यहाँ पर्यटकको चाप अत्यधिक हुन थालेको उहाँको भनाइ छ ।

रामेछापमा भएका करिब ५० वटा होटलमा एक हजार जनासम्मलाई मात्र आवासीय सुविधा दिन सक्ने क्षमता छ तर जहाज नचलेपछि मन्थली बस्ने पर्यटकको सङ्ख्या एक हजार तीन सयभन्दा बढी रहेको पर्यटन व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले पटकपटक मौसममा खराबी आउँदा पर्यटक रोकिने र यहाँ पर्याप्त होटल सुविधा नपुग्ने भएकाले नगरपालिका यसतर्फ सचेत रहेको बताउनुभयो । “जिल्लामा भित्रिएका पर्यटक नठगिउन् र सहज ढङ्गबाट आवासीय सुविधासमेत पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले विमानस्थल परिसरमा यात्रु सहायता कक्ष र होमस्टे सञ्चालनका लागि तालिम तथा आवश्यक सामान उपलब्ध गराएको छ । यसको व्यवस्थित प्रयोगको खाँचो छ”, उहाँले भन्नुभयो ।

जिल्लामा भित्रिएका पर्यटलाई बढीभन्दा बढी सुविधा दिएर एक रात मन्थली मै राख्न सक्ने वातावरण सृजना गर्न पूर्वाधार बनाउन ध्यान दिनुपर्ने र यसले मन्थलीलाई पर्यटकीय हब बनाउन योगदान पुग्ने स्थानीय समाजसेवी विपीन भट्टराई बताउनुहुन्छ । रासस

Chitwan Aaja चितवन आज
बिहिबार, कार्तिक ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
महोत्तरीको उखु खेतमा आगलागी

ताजा समाचार

सबै

मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

महोत्तरीको उखु खेतमा आगलागी

अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह

मुस्ताङमा जनवरीमा पर्यटकको आगमन दोब्बरले वृद्धि

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छः उपाध्यक्ष गुरुङ

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

फलोअपका लागि अस्पताल जाँदै रवि, चितवन– २ मा घरदैलो गर्ने तयारी

मकवानपुरमा खोला किनारमा चितुवा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ३७ गोही प्रकृतिमा छाडियो

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

जेन–जी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा

इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

झापामा बालेनले भने– काठमाडौंका सुकुमवासीको ज्यान जोगाउन डोजर चलाइएको हो

केही दिनयता लगातार घटिरहेको सुनको मूल्य आज फेरी बढ्यो

‘जरा उद्यान’ बनाउँदै सामुदायिक वन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ४.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५.
    शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ६.
    आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.