काठमाडौं, असोज २२-
अवरुद्ध रहेको कान्तिलोकपथ मार्ग सुचारु भएको छ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी र पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध भएको थियो ।
“बाढी तथा पहिरोले मकवानपुरको भीमफेदी, ८ महादेवटार र ललितपुरको वाग्मती गाउँपालिका २ वगुवास्थित वाग्मती खोलामा रहेको पुलको केही भाग बगाएपछि अवरुद्ध भएको कान्तिलोकपथमा मार्ग असोज २१ गते राति साढे १० बजेबाट सवारी आवागमन सुचारु भएको छ,” नेपाली सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वाग्मती नदीमा ४० मिटर लम्बाइको ‘र्याम्प’ निर्माण गरी पुलसम्म सडक जोडिएको सेनाले जनाएको छ । सेनाका अनुसार वाग्मती नदीमा ह्युम पाइप राखेर अस्थायी सडक बनाइएको छ ।