काठमाडौं, असोज १५-
नेकपा एमालेले बाढीपहिरोपीडितका निम्ति सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।
गत शुक्रबार र शनिबार वर्षासँगै आएको बाढीपहिरोले मानवीय क्षतिसहित भौतिक संरचनामा क्षति गरेको ।






