Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, मंसिर २१, २०८२
☰
Logo आइतबार, मंसिर २१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

लोकप्रिय समाचार

  • १. आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५. हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ६. हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

  • ७. आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ८. चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेको विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना

  • ९. विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

  • १०. मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

राष्ट्रसंघीय मानवअधिकार समितिले नेपाललाई भन्यो– यौन हिंसाका घटनामा उजुरी दिने हदम्याद अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउ

काठमाडौं, १३ जेठ-

संयुक्त राष्ट्रसंघको मानवधिकार समितिले द्वन्द्वकालमा बालिकाको बलात्कार लगायत गैरन्यायिक हत्यामा नेपाललाई जिम्मेवार ठहर गरेको छ ।

नेपालमा एक दशकसम्म चलेको द्वन्द्वकालमा १६ वर्षीया बालिकाको बलात्कार पछि गैरन्यायिक हत्याको लागि समितिले नेपाललाई जिम्मेवार ठह¥याएको हो ।

द्वन्द्वकालका धेरै यौनहिंसा पीडितहरूको सरोकार रहेको यस मुद्दामा २३ मे २०२२ मा राष्ट्रसंघिय समितिले नेपालले १९९१ मा अनुमोदन गरेको नागरिक तथा राजनितीक अधिकार सम्बन्धी महासन्धिको धेरैजसो प्रावधानहरु उल्लङ्घन गरेको ठहर समेत गरेको छ ।

समितिले एड्भोकेसी फोरम र रिड्रेस ट्रष्टले संयुक्तरुपमा पीडितको आमाबुवाको तर्फवाट हालेको उजुरी माथि आफ्नो धारणा दिएको हो ।

पीडितको आमाबुवाका अनुसार १३ फेब्रुअरी २००४ को राती आफ्नी छोरीले आरोप अस्विकार गर्दागर्दै पनि करिब २० जना तत्कालिन शाही नेपाली सेनाका हतियारधारी सैनिकले उनी माओवादी भएको आरोप लगाई घरबाट घिसारेर लगेका थिए ।

सेनाले लगेको भोलिपल्ट रीना रसाईलीको शव भोलिपल्ट बिहान मकैबारीमा फेला परेको थियो ।

ब्लाउज घाँटीसम्म सारिएको, ट्राउजर तल घु्रँडासम्म तानिएको र स्तनमा घाउचोटहरु लागेको अवस्थामा उनको शव भेटिएको थियो । उनका आँखा, टाउको र छातीमा गोली लागेको थियो ।

उनको परिवारले उजुरी गरेपछि राष्ट्रिय मानव अधिकार आयोगले २००५ मा रीनाको हत्या सुरक्षा फौजबाट भएको निष्कर्ष निकालेको थियो ।

सर्वोच्च अदालतले २००९ मा आयोगको निष्कर्षलाई समर्थन गर्दै तुरुन्त अनुसन्धानको आदेश दिएको थियो तर मुख्य आरोपितलाई प्रमाणको अभावमा २०१३ मा सफाई दिइएको थियो र रीनाले भोगेका हिंसाका लागि अहिलेसम्म कसैलाई पनि जिम्मेवार ठह¥याएको छैन ।

मानवअधिकार समितिको आधिकारिक विज्ञप्तीमा समितिकी सदस्य हेलेन टिग्रोउजाले भनेकी छन्, ‘नेपालले एउटी १६ वर्षीया निहत्था बालिकावाट कसरी २० जना हतियारधारी सिपाहीहरूको टोलीलाई खतरा उत्पन्न भयो र सुरक्षाका नाममा उनको बलात्कार र हत्या गरियो भन्ने औचित्य पुष्टि गर्न सकेको छैन । यस्ता जघन्य अपराधका सबै घटनामा समय सापेक्ष र गहन अनुसन्धान गरी दोषी जोसुकै भए पनि कानुनी कठघरामा ल्याई दण्डित गरिनुपर्छ ।’

समितिले रीनाको गैरकानूनी गिरफ्तारी, बलात्कार र हत्या लगायत शारीरिक तथा मानसिक यातनाका लागि नेपाल सरकारलाई जिम्मेवार ठहर गरेको छ । समितले लैङ्गिक भेदभाव विरुद्धको अधिकार र बालवालिकाले सुरक्षित हुन पाउने अधिकारको उल्लङ्घन भएको ठहर गरेको छ ।

समितिले उनको आमाबुवाका निम्ती प्रभावकारी उपचार उपलब्ध नगराएकोमा आलोचना समेत गरेको छ । रीनामाथि भएको गैर कानूनी नियन्त्रण, यातना, बलात्कार र गैरन्यायिक हत्याको गहन र प्रभावकारी अनुसन्धान गरी दोषीलाई जवाफदेही बनाउन समितिले नेपाललाई आग्रह गरेको छ ।

समितिले यौन हिंसाका घटनामा उजुरी दिने हदम्याद अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउनुका साथै यातनामा बन्देज लगाउन र यातनाको गम्भिरता अनुरुप कानूनी उपचारको व्यवस्था गर्न सुझाव दिएको छ ।

समितिले घटना घट्दाको बखत प्रचलनमा रहेको यौन हिंसामा उजुरी दिने ३५ दिने हदम्याद र सन २०१८ मा यसलाई बढाएर ६ महिनाको हदम्याद बनाइएको भए पनि यो नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धी र अपराधको गम्भिरता अनुरुप नभएको ठहर गरेको छ ।

समितिको निर्णय आए पछि रीनाकी बहिनी गीता रसाईलीले भनेकी छन्, ‘हामीले नेपालमा न्याय नपाएपछि संयुक्त राष्ट्रसंघमा उजुरी हालेका थियौं । समितिको फैसलाले न्यायको ढोका खोली दिएको अनुभव भएको छ । आशा छ नेपाल सरकारले समितिको सिफारिस यथाशक्य चाँडो कार्यान्वयन गरी मेरी दिदी र हामीलाई न्याय दिने छ, तब मात्र मेरी दिदीको मृत आत्माले शान्ति पाउने छ ।’

‘यस मुद्दामा समितिले अन्यन्त महत्वपूर्ण सुझावहरु दिएको छ । तर नेपालमा सर्वोच्च अदालत, मानव अधिकार आयोग र मानव अधिकार समितिको आदेश तथा सुझावहरु कार्यान्वयन नहुने अत्यन्त ठूलो समस्या छ । यस मुद्दा लगायत विगतमा समितिले दिएका सुझावहरु कार्यान्वयन हुनेछ र १८० दिन भित्र सरकारले समितिलाई सुझाव कार्यान्वयनका लागि चालेका कदमहरुको जानकारी पठाउनेछ भन्नेमा आशावादी छौं,’ एड्भोकेसी फोरमका कार्यकारी निर्देशक ओम प्रकाश सेन ठकुरीले भने ।

रिड्रेसको कानून शाखाकी प्रमुख अलेजान्द्रा पीडितलाई न्यायमा परेका अवरोधहरू हटाउन नेपाल असफल भएको बताएकी छन् ।

‘नेपालमा यौन हिंसाका पीडितले न्याय र परिपूरणको पर्खाइमा कहिलेसम्म बस्ने ? द्वन्द्व समाप्त भएको १५ वर्ष भन्दा बढी समय बितिसक्दा पनि पीडितलाई न्यायमा परेका अवरोधहरू हटाउन नेपाल असफल भएको छ जसले गर्दा पीडकहरूलाई दण्डहीनता मिलेको छ भने पीडितहरू सीमान्तीकृत हुँदै गईरहेका छन् । यस्ता घटनाहरू दोहोरिन नदिन नेपालले ढिला नगरी आफ्ना कानुनहरू परिमार्जन गर्नुपर्छ,’ अलेजान्दाले भनेकी छन् ।- न्युज कारखाना

Chitwan Aaja चितवन आज
शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः  अर्धशतकको सङ्ख्या ३५ पुग्यो

ताजा समाचार

सबै

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

एनपिएलः  अर्धशतकको सङ्ख्या ३५ पुग्यो

क्यानका निर्देशक भण्डारीसँग ५ लाख धरौटी माग

कर्णालीले जनकपुरलाई ३ रनले हरायो

निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

मिराज ढुंगानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

सिंहदरबार अवलोकन गर्न जाँदै पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग पनि भेट्दै

मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

२५ हजार शुल्क सहित रास्वपाले प्रतिनिधिसभा उम्मेदवारका लागि खुलायो आवेदन

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ६.
    हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech