नवलपुर, ७ माघ
नवलपुरको हुप्सेकोटका हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया गर्भवती श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका छन् ।
आज बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती कोदालो र खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
श्रीमती को हत्या आरोपमा प्रहरीले शेरबहादुरलाई पक्राउ गरेको छ । हत्याको कारण भने खुलेको छैन ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 
                              
                                                            
 
         
         
         
         
         
         
         
         
         
    
    
    
                                                                                                          
    
                                                                
    
    
    
    
    
    
    
    
                                                       
                                                       
                                                       
 
            
    
    
    
 
            
 
            
 
            
 
            
    
 
            
 
            
 
            
 
            
 
            
 
            
 
            
 
           














