नवलपुर – जेठ २८
पूर्वी नवलपरासीकाे गैडाकाेट ३ केलादी स्थित कालीगण्डकी नदीमा नुहाउन गएकाे २ जना युवा वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज साँझ ५ बजेतिर नवलपुरकाे गैडाकाेट २ शिलान्यास चाेक निवासी २५ बर्षीय रमेश चालिसे र चितवनकाे रत्ननगर २ टाँडी निवासी २४ बर्षीय सुरज सुवेदी वेपत्ता भएका हुन् ।
संगै नुहाउन गएकाे ३ जना मध्ये बाग्लुङ गल्काेट ८ निवासी २८ बर्षीय मुक्तिराम शर्मा भने सकुसल रहेका छन् । वेपत्ताकाे खाेजी कार्य जारी रहेकाे छ ।
बढ्दाे गर्मीका कारण नदी, खाेला तथा झरनामा गर्मी छल्न नुहाउन जाने क्रम अत्यधिक बढेकाे छ ।















