बारा बैशाख १३,
बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ ।
निर्वाचनमा कूल सदर मतको १०% मत नपाउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ ।
उपनिर्वाचनमा ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएका छन् । जमानत जोगाउन ६ हजार ८२० मत चाहिन्थ्यो । तर रास्वपा उम्मेदवार खरेलले २ हजार ८२९ मत मात्रै पाएका छन् । यससँगै खरेलको जमानत जफत भएको छ ।
बारा उपनिर्वाचनमा खरेलसँगै अन्य ३१ उम्मेदवारको जमानत जफत भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।
उपनिर्वाचन भएका तनहुँ र चितवनमा रास्वपाले सानदार जीत हात पारेको बेला बारामा भने जमानत जफत भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















