काठमाडौं चैत ६,
महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेविरुद्ध राहदानीको कसुरमा मुद्दा चलाउनेरनचलाउने निर्णय तत्काल गर्ने भएको छ ।
यसअघि, गएको बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको थियो । सोही आधारमा सरकारी वकिलले लामिछानेविरुद्ध मुद्दा दायर नगर्ने निर्णय गरेको थियो ।
जिल्लाको सो निर्णय उच्च सरकारी वकिल कार्यलय पाटनमा जानकारी गराइएको थियो । उच्चले समेत लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै महान्यायाधिवक्ता कार्यालयमा पत्राचार गरेको थियो ।
महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा दायर गर्नरनगर्ने विषयमा आजभोलि नै निर्णय गर्ने उक्त कार्यालयको उच्च स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार महान्यायाधिवक्ता कार्यालय यति समयभित्रै निर्णय गर्नुपर्ने भन्ने खालको कानुनी बन्देज छैन । तर, अल्झाएर राखिने विषय नभएकाले छिट्टै निर्णय गरिने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।
रवि लामिछानेको राहदानी विवाद के हो ?
०५० फागुन १० गते नेपाली नागरिकता प्राप्त गरेका लामिछानेले अमेरिका प्रस्थान गरेपछि ०७० फागुन ९ गते त्यहाँको नागरिकता प्राप्त गरेका थिए । त्यसपछि लामिछानेको नेपाली नागरिकता कायम थिएन । तर, उनी पारिवारिक भिसामा नेपाल आउँदा कायमै नरहेको नेपाली नागरिकताबाट ०७२ जेठ १३ गते नेपाली राहादानी प्राप्त गरेका थिए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता नै प्राप्त नगरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेको सांसद पद खारेज गरिदिएको थियो । सोही रिटमा सर्वोच्चले लामिछानेले नेपाली नागरिक नरहँदा नेपाली राहदानी लिएको विषय निर्विवादित रहेको तर सोमा आफ्नो क्षेत्राधिकार नहुने भन्दै फैसला गरेको थियो ।










