काठमाडौं ्र चैत ६,
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतलनिवासमा सोमवार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।
चैत ३ गते भएको निर्वाचनबाट जसपा नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।
शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत राजनीतिक दलका शीर्ष नेताको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार











