काठमाडाैं चैत ३,
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकलाई व्यवस्थित बनाउने गरी सरकारले कामको थालनी गरेको बताएका छन्।
शुक्रवार भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सरकारले मुलुकभरका सडकलाई व्यवस्थित बनाउने गरी काम गरिरहेको बताए।
सडक व्यवस्थित बनाउने अभियानअन्तर्गत नै भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडकको स्थलगत निरीक्षण गरेको भन्दै सडकलाई चाँडै कालोपत्र गरिने प्रतिबद्धता जनाए।
उनले भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडक निर्माणमा स्थानीय जग्गा मुआब्जा विवाद,खानेपानी निर्माण र अण्डरग्राउण्ड विद्युतको कारण समस्या रहेको उल्लेख गरे।
सरकारले चाँडै अदालत,अख्तियार,वन मन्त्रालयसँग छिट्टै सडक निर्माणमा रहेका समस्याका विषयमा छलफल गर्ने उनले आश्वासन दिए।
उनले राज्यका सबै निकायले विकास निर्माणमा सहयोग गर्ने भएको भन्दै स्वायत्त निकायको भूमिकालाई सरकारले हस्तक्षेप गर्न नसक्ने पनि बताए।
काठमाडौं उपत्यका र उपत्यका बाहिरका रुँग्ण आयोजना निश्चित अवधिभित्र आयोजना सम्पन्न गर्न आयोजना प्रमुखहरूलाई निर्देशन दिइएको उनको भनाइ थियो।
उनले सडक निर्माण गर्दा कतिपय ठेकेदारको लापरबाही गर्दा निर्माण सम्पन्न नहुने तथा जग्गा मुआब्जा विवादको कारण सडक कालोपत्रे गर्न नसकिएको स्वीकार गरे।
भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडकमा विवाद कायम रहेको क्षेत्र छाडेर बाँकी खण्डमा कालोपत्र तत्काल गर्ने उनले बाचा गरे।










