काठमाडाैं फागुन ३०,
आज राति देशभरका पहाडी भूभागहरू आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका पहाडी भूभाग धेरै र तराईंका एक दुई स्थानमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।
देशभर स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव भइरहेको छ। अन्य भूभागहरूमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।










