रोल्पा फागुन ३०,
परिवर्तन गाउँपालिका २ बिप्रेगारे बस्ने ५० वर्षीय नन्दबहादुर डाँगीको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर र घरभित्र रहेको सम्पूर्ण सामान जलेर करिब ११ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिए पनि घरभित्र रहेका सामग्री जलेर नष्ट भएको छ । आगलागी घटना सम्बन्धमा थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।










