काठमाडाैं फागुन २९
एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी नेता एवं प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनित गरेका छन् ।
सोमबार दलको तर्फबाट विज्ञप्ति जारी गर्दै ओलीले नेम्वाङलाई दलको उपनेतामा चयन गरेका हुन् ।
संविधानसभाको अध्यक्ष र सभामुख भइसकेका नेम्वाङ २५ फागुनमा राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।
नेम्वाङ ओलीका विश्वासपात्र नेता पनि हुन् । नेम्वाङ ४ मंसिरमा भएको निर्वाचनमा इलामबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार











