देवघाट तनहुँ, चैत १५ –
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ का स्व वडा अध्यक्ष कृतिमान आलेमगरको परिवारलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व वनमन्त्री शंकर भण्डारीले आर्थिक सहयोग गरेका छन् ।
स्व. अध्यक्ष आलेका छोरा युवराज आलेलाई नगद पचास हजार रुपैयाँ भण्डारीले हस्तान्तरण गरेका हुन् ।
सहयोग कार्यक्रममा भण्डारीले आलेमगरको दुर्घटनामा परी भएको असामायिक निधनले परिवारजनमा परेको पीडालाई केही हदसम्म भए पनि राहत होस् भन्ने हेतुले आफूले सहयोग गरेको बताए । उनले हरेक सुखदुःखमा साथ र सहयोग निरन्तर आफ्नोतर्फबाट रहने बताए ।
सो कार्यक्रममा नेपाली काङ्ग्रेस देवघाटका युवा नेता अर्जुन अधिकारी, नेपाली काङ्ग्रेस देवघाट ५ का पूर्व सभापति पुर्णबहादुर कुँवर, देवघाट २ का वडा सदस्य छविजंग सिंह ठकुरी, नेपाली काङ्ग्रेस देवघाट १ का क्रियाशिल सदस्य संगिता थापा, नेपाली काङ्ग्रेस देवघाट ४ का क्रियाशिल सदस्य मित्रलाल गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
स्वर्गीय कृतिमान आले स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसबाट उम्मेद्वार बनी देवघाट ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको यसै महिना भिरबाट लडेर मृत्यु भएको थियो ।