काठमाडौँ, जेठ २९-
बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रबिन विष्टका अनुसार, घटनास्थलमै सात जनाको मृत्यु भएको हो।
दुर्घटनामा अन्य १५ जना घाइते भएको र उनीहरूको तत्काल उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको विष्टले जानकारी दिए।
प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बुच्चाकोटमा पुग्दा दुर्घटनामा परेको हो।















