काठमाडौं, जेठ २१ –
सभामुख डोलप्रसाद (डीपी) अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले विभेदमुक्त समाज निर्माणको संकल्पलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार आयोजित जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको कार्यक्रममा बोल्दै समाजमा अझै पनि जातीय विभेद, छुवाछूत, सामाजिक बहिष्कार, आर्थिक पछौटेपन तथा अवसरबाट वञ्चित हुने अवस्था कायम रहेको बताएका हुन् ।
उनले नेपालको इतिहासमा यो दिवस सामाजिक विभेदका अन्धकार पक्षहरूलाई चिर्दै समानता र उज्यालोतर्फ उन्मुख हुने महत्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गरे। ।
उनले भने, ‘आजको दिन नेपालको सामाजिक न्याय, समानता र मानवीय मर्यादाको यात्रामा ऐतिहासिक महत्त्व बोकेको दिन हो । इतिहासको पाना पल्टाउँदा यस लिन विभेद जन्य पक्षहरूलाई चिर्दै उज्याले तर्फ उन्मुख हुने यात्राको एक कोषे ढुङगा हो । यो दिवसले हाम्रो समाज अझै पनि जातीय विभेद, छुवाछुत, सामाजिक बहिष्कार, आर्थिक पछैटेन र अवसरबाट बन्चित हुने पिडा व्याप्त छ ।’
उनले दलित समुदायले शताब्दीयौंदेखि भोग्दै आएको पीडा गहिरो र जटिल रहेको उल्लेख गर्दै दिवस इतिहास सम्झिने मात्र नभई बाँकी रहेका विभेद, अन्याय र बहिष्करण अन्त्य गर्ने साझा प्रतिबद्धता दोहो¥याउने अवसर पनि भएको बताए ।
‘सताब्दीँ देखि दलितले भाक्दै आएको यो पिडा सहन र जटिल छ । आजको दिन इतिहास सम्झने मात्र होइन । अझै बाकि रहेको विभेद अन्याय र बहिष्करणको अन्त्य गदै अन्त्य गर्ने हाम्रो साझा प्रतिबद्धता दोह¥याउने दिन समेत हो,’ उनले भने ।
उनले दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित गर्न राज्य प्रतिबद्ध रहेको स्पष्ट पार्दै जातीय विभेद तथा छुवाछूतको अन्त्य कुनै एक निकायको जिम्मेवारी मात्र नभएको बताए ।















