Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, बैशाख ३०, २०८३
☰
Logo बुधबार, बैशाख ३०, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

लोकप्रिय समाचार

  • १. कस्तो रहनेछ आज तपाईंको दिन ? यस्तो छ राशिफल

  • २. यस्तो रहनेछ तपाईंको दिन, के भन्छ राशिफल ?

  • ३. आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

  • ४. विश्व रेडक्रस दिवसमा वीरेन्द्र बहुमुखी क्याम्पसमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

  • ५. मुर्शिदाबादमा लेनिनको सालिक तोडफोड, भाजपा समर्थकमाथि लाग्यो आरोप

  • ६. काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त

  • ७. इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता

  • ८. घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

  • ९. चितवन कारागारबाट फरार भारतीय कैदी पक्राउ

  • १०. एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा

घरवासको आनन्द लिन तनहुँको रामकोट जाने कि !

रामकोट (बन्दीपुर), वैशाख २४-
तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका पर्खाइमा छ । बन्दीपुरको बजार क्षेत्रबाट सात किलोमिटर पश्चिममा रहेको यो गाउँ जिल्ला सदरमुकाम दमौलीदेखि १३ किलोमिटर दूरीमा अवस्थित छ । समुद्री सतहबाट करिब एक हजार १०० मिटर उचाइमा रहेको यो गाउँ मगर संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै बनेको छ ।

पुरानो ढुङ्गाले छाएका घर तथा आँगन, गाउँका गल्ली तथा चोकका बाटाहरू । स्थानीयवासीले सरसफाइमा देखाएको अग्रसरताले यहाँको सौन्दर्यता अझै चुलिएको छ । जीवन्त ग्रामीण परिवेश, मौलिक रहनसन, कला सस्कृति अनुभव बटुल्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् ।
मनोरम शान्त वातावरण र मौलिकता युक्त गाउँले जीवनको प्रत्यक्ष अनुुभव लिन आउन चाहने जो कोहीलाई यो गाउँ पुग्नैपर्ने गन्तव्यका रुपमा विकास भइरहेको छ । मगर समुदायको बाहुल्यता रहेको यस गाउँमा कूल ९५ घरधुरी रहेकोमा ४५ घरधुरीले अहिले सामूहिक रुपमा घरवास ९होमस्टे० सञ्चालन गरिरहेका छन् ।

गाउँमा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई स्थानीले दिने गरेको आतिथ्यताले यस ठाउँप्रतिको आकर्षण बढ्दो क्रममा रहेको रामकोट सामुदायिक होमस्टेका अध्यक्ष निरकाजी आलेले बताउनुुभयो । सुरुमा २०७६ सालमा १४ घरधुरीबाट घरवास कार्यक्रम सुरु गरिएकामा उक्त सङ्ख्या बढेर ४५ घरमा पुगेको उहाँले बताउनुुभयो ।

प्रकृति र संस्कृतिको अनुपम सङ्गमजस्तै रहेको रामकोटमा मगर संस्कृतिका विविधता एक साथ अवलोकन गर्न पाइन्छ । गाउँमा आउाने पर्यटकहरूलाई मगर समुदायको मौलिकता झल्काउने झ्याउरे, कौरा, चुड्काजस्ता विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गदैै मनोरञ्जन गराउने गरिएको छ ।
मगर संस्कृतिको जगेर्नासँगै स्थानीयको आयआर्जनसमेत बढाउने उद्देश्यले गाउँमा घरवास सुरु गरिएको बताउँदै उहाँले यसलाई समयसापेक्ष रुपमा थप परिमार्जन र विकास गर्दै लैजाने सोच राखिएको जानकारी दिनुुभयो ।

गाउँमा आएका पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यतासँगै खानपानलाई रुचाउने गरेको घरवास सञ्चालक मनमाया थापा बताउनुहुन्छ । “गाउँमा आएका पर्यटकले यहाँको प्रकृति, संस्कृतिसँगै न्यानो आतिथ्यताको प्रशंसा गरेर फर्कने गरेका छन्”, उहाँले भन्नुुभयो, “हामीले पर्यटकलाई यामअनुसार गाउँममा नै उत्पादन हुने तरकारी तथा स्थानीय चामल, रैथाने अन्य वस्तुहरूसँगै खसी तथा कुखुराको मासु खुवाउने गरेका छौँ ।”

घरवास सञ्चालनले स्थानीवासीको जीवनशैलीमा समेत परिवर्तन आएको अर्का होमस्टे सञ्चालक बिहीसरा आलेले बताउनुुभयो । घरवासले आयआर्जनसँगै स्वरोजगारी अभिवृद्धि गरिरहेको बताउँदै उहाँले यसमा स्थानीयवासीको जागरुतासमेत बढिरहेको बताउनुुभयो । आफूहरूको प्रयासमा राज्यका तर्फबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको उहाँको भनाइ छ ।

गाउँपालिकाले यस वर्ष सुरुमा घरवास सञ्चालन भएका केही घरको आँगनमा ढुङ्गा बिच्छ्याउनका लागि रु आठ लाख विनियोजन भई काम अघि बढ्न लागेको उहाँले बताउनुुभयो । उहाँका अनुुसार पछिल्लो समयमा बन्दीपुरमा आएका पर्यटकहरू रामकोट आउने क्रम बढिरहेको छ । बन्दीपुरमा सञ्चालित भिलेज सफारीका कारण पनि यहाँ आउने पर्यटककको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।
जङ्गल सफारीमा प्रयोग गरिनेजस्तै सवारीसाधन प्रयोग गरेर बन्दीपुर र आसपासका गाउँमा पर्यटकहरूलाई पु¥याउने गरिएको भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले जानकारी दिनुुभयो । पर्यटककको इच्छाअनुुसार उनीहरूलाई ग्रामीण परिवेशको अवलोकन गराउन गाउँगाउँमा पु¥याउने गरिएको उहाँको भनाइ छ ।

विगतमा परम्परागत कृषिमा मात्रै रुमल्लिएको स्थानीयवासीको जीवन घरवास सञ्चालनसँगै परिवर्तन भएको घरवास सञ्चालहकहरू बताउँछन् । यहाँबाट बन्दीपुरसँगै केशवटार, छाब्दी बराहीजस्ता गन्तव्यहरूमा जान सकिन्छ ।
गाउँ पर्यटनको प्रवद्र्धन र विकासको लक्ष्यका साथ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको आयोजना एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा हालै बन्दीपुरमा गाउँ पर्यटन मार्ट २०८३ सम्पन्न गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो ।

मार्टका अवसरमा बन्दीपुर आसपासमा रहेका रामकोट, रुम्सीजस्ता गाउँमा सञ्चारकर्मी तथा पर्यटन व्यवसायीलाई सहभागी गराएर परिचयात्मक भ्रमणसमेत गराइएको उहाँले बताउनुुभयो । मार्टमार्फत गाउँहरूको परिचयात्मक भ्रमणसँगै घरवासहरूहरूबीच व्यावसायिक साझेदारी बढ्ने विश्वास लिइएको उहाँले बताउनुुभयो ।

मार्टका अवसरमा ‘समृद्ध गाउँ, सशक्त पर्यटन’को लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित जारी गरिएको १० बुँदे घोषणापत्रमा गाउँ पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । उक्त मार्टमा रामकोट होमस्टेसहित गण्डकी प्रदेशका ३० वटा होमस्टेहरू सहभागी भएका थिए ।

घोषणपत्रमा होमस्टेहरूमा स्वच्छता, आतिथ्य र सेवा गुणस्तर सुधार गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै स्थानीय उत्पादन, कृषि र हस्तकलालाई पर्यटनसँग जोड्दै आयआर्जनका नयाँ अवसरहरू सिर्जना गर्ने रणनीति अपनाइने भनिएको छ ।
गाउँ पर्यटनमा युवाहरूको सहभागिता बढाउन रोजगारी तथा उद्यमशीलताका अवसरहरू सिर्जना गरिने प्रतिबद्धता व्यक्त गर्दै गाउँ पर्यटन गन्तव्यहरूबीच आन्तरिक पर्यटन प्रवद्र्धन र सहकार्य विस्तार गर्दै संयुक्त ‘प्याकेज’ तथा कार्यक्रमहरू विकास गरिने जनाइएको छ ।

सम्भावना युक्त गाउँलाई गाउँ पर्यटनका माध्यमबाट जोड्दै अघि बढ्नुु आवश्यक भएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च९भिटोफ० गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटा बताउनुहुन्छ । गण्डकी प्रदेशभित्र धेरै गाउँहरूले पर्यटकीय सम्भावना बोकेको उल्लेख गर्दै उहाँले सबैको संयुक्त प्रयासमा तिनीहरूको प्रवद्र्धन र विकास गर्नुुपर्ने बताउनुुभयो । रासस

Chitwan Aaja चितवन आज
बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त
गणेश पराजुली र रमेश प्रसाईंको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग
विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…

ताजा समाचार

सबै

सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त

गणेश पराजुली र रमेश प्रसाईंको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…

कटहरियाका तीन बालक एकैसाथ बेपत्ता, बजार क्षेत्र त्रसित, खोजीमा जुट्यो प्रहरी

सुकुम्बासीद्धारा पूर्वपश्चिम राजमार्ग चक्काजामको घोषणा, ५ घण्टा अबरोध गरिने

सत्तारुढ दलले मनपरी ढंगले संसद चलाएको हर्क साम्पाङको आरोप

गौर नगरपालिकाद्वारा अवैध संरचनामाथि डोजर : सडक मिचेर बनाइएका टहरा भत्काइँदै

प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

रास्वपाको प्रथम महाधिवेशन चितवनमा

एसइईमा सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा ‘ननग्रेडेड’

चितवनका एकसहित आठ जना पक्राउ

यो सरकार हो कि आतङ्कवादी ? : ज्ञानेन्द्र शाहीको प्रश्न

सकारले जेनजी आन्दोलनका शहीद र घाइतेकोे योगदान बिर्सिदै गयोः सांसद खतिवडा

अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    कस्तो रहनेछ आज तपाईंको दिन ? यस्तो छ राशिफल

  • २.
    यस्तो रहनेछ तपाईंको दिन, के भन्छ राशिफल ?

  • ३.
    आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

  • ४.
    विश्व रेडक्रस दिवसमा वीरेन्द्र बहुमुखी क्याम्पसमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

  • ५.
    मुर्शिदाबादमा लेनिनको सालिक तोडफोड, भाजपा समर्थकमाथि लाग्यो आरोप

  • ६.
    काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech