Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, बैशाख ३०, २०८३
☰
Logo बुधबार, बैशाख ३०, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

लोकप्रिय समाचार

  • १. कस्तो रहनेछ आज तपाईंको दिन ? यस्तो छ राशिफल

  • २. यस्तो रहनेछ तपाईंको दिन, के भन्छ राशिफल ?

  • ३. आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

  • ४. विश्व रेडक्रस दिवसमा वीरेन्द्र बहुमुखी क्याम्पसमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

  • ५. मुर्शिदाबादमा लेनिनको सालिक तोडफोड, भाजपा समर्थकमाथि लाग्यो आरोप

  • ६. काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त

  • ७. घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

  • ८. चितवन कारागारबाट फरार भारतीय कैदी पक्राउ

  • ९. इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता

  • १०. एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा

पशुपति गौशाला धर्मशाला पशुपतिमै फिर्ता, मारवाडीले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुल्ला

२२ बैशाख,काठमाडौं ।
उच्च अदालत पाटनले मारवाडी सेवा समितिले भगवान पशुपतिनाथको जग्गा कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गरिरहेको पशुपति गौशाला धर्मशालालाई खाली गराउने मार्ग प्रशस्त भएको छ ।

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्दै २३ वर्षदेखि मारवाडी सेवा समितिले हडपेको साविक पशुपति वडा नं. २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर गरेको हो । यससँगै पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामीत्व पशुपति क्षेत्र विकास कोषमै फिर्ता भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको इजलासले सोमबार फैसला गर्दै काठमाडौं जिल्ला अदालतको ‘पशुपति क्षेत्र विकासको स्वामीत्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गाजमिनमा समितिको मोहियानी हक नलाग्ने’ फैसला गरेको हो ।

काठमाडौं जिल्ला अदालतको फैसला उच्च अदालत पाटनबाट सदर भएपछि को फैसलापछि मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास कोष, कोष तत्कालीन सदस्य–सचिव डा. मिलनकुमार थापासहित १२ जनालाई विपक्षी बनाएर २०८१ मङ्सिर २१ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश कमलप्रसाद पोखरेलको इजसालले २०८१ असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको जग्गामा आफ्नो मोही हक रहेको दावी गरेपनि सो जग्गामा समिति मोही रहेको तथ्य अस्वीकार गरिएको भनिएको छ ।

फैसलामा साविक समयदेखि पशुपति गौशाला धर्मशाला नामक कुनै पनि संस्था अस्तित्वमा रहेको नदेखिने र सो तथ्यलाई मारवाडी सेवा समितिले २०६० जेठ १२ गते पशुपति अमालकोट कचहरीसँग सम्झौता गर्दा स्वीकार गरेको देखिने प्रष्ट पारिएको छ ।

‘धार्मिक कार्यमै लगाउनुपर्छ’

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य–सचिव डा. मिलनकुमार थापाले एक दशकको न्यायीक संघर्षपछि न्यायालयबाटै भगवान पशुपतिनाथको सम्पत्ति फिर्ता भएको बताएका छन् । डा. थापाले भगवानकै न्यायका पक्षमा फैसला आएको र अब धार्मिक र सामाजिक कार्यका लागि सरकारी निकायसँगै समन्वय गरेर गैरनाफामूलक ढंगले पशुपति गौशाला धर्मशाला सञ्चालन गर्न सकिने बताए ।

डा. थापाका अनुसार पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को २०८१ असोज २० गतेको निर्णय र असोज २२ गते कोष र काठमाडौं महानगरपालिकाबीच भएको सहमतिअनुसार पशुपति गौशाला धर्मशाला सञ्चालक तथा व्यवस्थापन प्रक्रिया अघि बढाएर भगवान पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सेवा दिन सकिने बताए ।

वर्तमान प्रधानमन्त्री एवं काठमाडौं महानगरका तत्कालीन प्रमुख बालेन्द्र शाह र डा. थापाको समन्वयमा पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरबीच पशुपति गौशाला धर्मशालालाई सामाजिक एवं धार्मिक कार्यका लागि गैरनाफामूलक ढंगबाट सञ्चालन गर्ने सहमति भएको थियो ।

‘वर्तमान प्रधानमन्त्रीले महानगर प्रमुख हुँदा नै भगवान पशुपतिनाथको सम्पत्ति फिर्ता गरेर राज्यकै निकायले सञ्चालन गर्ने कार्यमा अग्रसरता लिएका थिए । सरकारले तत्कालै धर्मशाला खाली गराएर उक्त सहमति कार्यान्वयन गर्दा उपयुक्त हुन्छ,’ डा. थापाले भने ।

अधिवक्ता कृष्णमुरारी पुडासैनीले काठमाडौं जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटनले सदर गरेको र मारवाडी सेवा समितिले पुनरावेदनमा जान नपाउने बताए । पुडासैनीका अनुसार दुवै न्यायालयबाट पशुपति क्षेत्र विकास कोषको पक्षमा फैसला भएपछि समितिले दोहो¥याइ पाउँ भनेर निवेदन गर्न पाउने छ । ‘उच्च अदालतको फैसला आइसकेपछि धर्मशाला खाली गर्न कार्यमा सरकार अघि बढ्न सक्छ । फैसला कार्यान्वयन अघि बढाए हुन्छ,’ पुडासैनीले भने ।

के छ फैसलामा ?

काठमाडौं जिल्ला अदालतको फैसलामा ‘जग्गा श्री पशुपति अमालकोट कचहरीमा दर्ता भएका गुठीको जग्गा भन्‍ने तथ्यमा विवाद नदेखिए पनि श्री पशुपतिनाथ अमालकोट कचहरीबाट मोही दर्ता भइ मोहीदर्ताको प्रमाण पूर्जा प्राप्‍त गरेको भनी सोको छाँया कपी पेश गरी सो दर्ता अभिलेखमा दावीको जग्गाको मोही महलमा श्री पशुपति गौशाला धर्मशाला रहेको तथ्यलाई मुख्य आधार लिएको देखियो’ भनिएको छ ।

जिल्ला अदालतले समितिबाट पेश भएको कुनै पनि निर्णय अभिलेखका प्रमाणबाट उनीहरूको दावीको जग्गामा मारवाडी सेवा समितिको मोही हक रहेको तथ्य प्रमाण पेश हुन नसकेको फैसला गरेको छ । साथै अदालतले धर्मशालामा निर्माण भएका घर जग्गा लगायतका भौतिक संरचानामाथि पशुपति अमालकोट कचहरीको पूर्ण स्वामित्वलाई मारवाडी सेवा समितिले स्वीकार गरेको तथ्यलाई पुष्टि गरेको देखिएको फैसला गरेको छ । सोही फैसलालाई उच्च अदालत पाटनले सदर गरिदिएको हो ।

फैसलामा ‘वादी (समिति) आफैले गरेको करार सम्झौताको शर्तहरूबाट यी वादी विवन्धित रहेको हुँदा दावीको जग्गामा आफ्नो मोही हक रहेको छ भनी भन्‍न पाउने अवस्था देखिँदैन । साथै सर्वोच्च अदालतबाट आफै पक्ष भएको फैसलालाई अवज्ञा गर्ने छुट यी वादीलाई नभएकाले उक्त जग्गामा मारवाडी सेवा समितिलाई मोही हक दावी गर्ने कुनै आधार देखिएन’ भनिएको छ ।

साथै काठमाडौं जिल्ला अदालतले २०६० जेठ १२ गतेको करारको सम्झौता शर्त उचित र पारदर्शी नभएको भन्‍ने सन्दर्भमा पटक–पटक विभिन्न कोणबाट प्रश्‍न उठेको देखिएको भन्दै करार सम्झौता अपरिवर्तनीय नहुने फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० जेठ १२ गते भएको सम्झौतामा समयावधी उल्लेख नभएकाले समयावधि किटान गरी सम्झौता गर्न, विशेष अदालतले २०६७ जेठ ३१ गते गरेको फैसला र सर्वोच्च अदालतले २०६८ असार २७ गते भएको फैसलामा वार्षिक ५१ हजार रुपियाँ बुझाउने लगायत सम्झौताको शर्त संशोधन गर्न सकिने भए पनि त्यसो नगरिएका कारण सम्झौता खारेज गर्ने कोषको २०८० साउन १७ गतेको निर्णय सदर हुने फैसला अदालतले गरेको छ ।

पूर्व सदस्य–सचिव डा. थापाले पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैलाई पनि गलत ढंगले अतिक्रमण गर्न नदिइ भगवानको सम्पत्तिको संरक्षण गर्नु राज्यको दायित्व रहेको बताए । ‘राज्य चलाउन आवश्यक पर्ने राजस्वभन्दा पनि उच्च स्वरुपमा भगवानको शिवश्व, देवश्व र ब्रह्मश्वमा गलत नियत राख्नुहुँदैन । पशुपति गौशाला धर्मशाला कानुनी प्रावधानअनुसार अगाडि बढिरहेको थियो । यसबीचमा अनेक षडयन्त्र पनि भएका छन् । तर अब कानुनी प्रक्रिया पुरा भएकाले जग्गाको भोगचलन र व्यवस्थापन कोषमा स्वतः आएको छ,’ डा. थापाले भने ।

पशुपति गौशाला धर्मशालाको इतिहास

पूर्व सदस्य–सचिव डा. थापाले वि.सं. १९९९ जेठ ५ गतेको पुर्जीले पशुपतिमा छोडिएका दूध कटुवा नन्दी (साँढे) को संरक्षणका लागि जुनेलो घाँस लगाउन हरिनारायण भनिने रामकुमार मारवाडीलाई एक रोपनी दुई आना रोपनी जग्गा उपलब्ध गराएको दस्तावेजमा उल्लेख भएको बताए । डा. थापाका अनुसार साविक पशुपति पञ्चायत वडा नं. २ ‘क’ को कित्ता नं. ८३ को चार रोपनी दुई आना र कि.नं. ८५ को चार रोपनी १० आना गरी जम्मा नौ रोपनी नौ आना दुई पैसा जग्गामा कोही पनि मोही नरहेको तथ्य कोषको अभिलेखमा देखिन्छ ।

‘२०६० मा समितिसँगको सम्झौतामा वर्षको ५१ हजार रुपैयाँ लिने भनिएको छ । तर मोहीसँग सम्झौता गरिँदैन । सहयोग पनि लिइँदैन । समितिलाई धर्मशाला सञ्चालन गर्न मात्रै दिइएको थियो,’ डा. थापाले भने ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त
गणेश पराजुली र रमेश प्रसाईंको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग
विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…

ताजा समाचार

सबै

सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त

गणेश पराजुली र रमेश प्रसाईंको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…

कटहरियाका तीन बालक एकैसाथ बेपत्ता, बजार क्षेत्र त्रसित, खोजीमा जुट्यो प्रहरी

सुकुम्बासीद्धारा पूर्वपश्चिम राजमार्ग चक्काजामको घोषणा, ५ घण्टा अबरोध गरिने

सत्तारुढ दलले मनपरी ढंगले संसद चलाएको हर्क साम्पाङको आरोप

गौर नगरपालिकाद्वारा अवैध संरचनामाथि डोजर : सडक मिचेर बनाइएका टहरा भत्काइँदै

प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

रास्वपाको प्रथम महाधिवेशन चितवनमा

एसइईमा सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा ‘ननग्रेडेड’

चितवनका एकसहित आठ जना पक्राउ

यो सरकार हो कि आतङ्कवादी ? : ज्ञानेन्द्र शाहीको प्रश्न

सकारले जेनजी आन्दोलनका शहीद र घाइतेकोे योगदान बिर्सिदै गयोः सांसद खतिवडा

अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    कस्तो रहनेछ आज तपाईंको दिन ? यस्तो छ राशिफल

  • २.
    यस्तो रहनेछ तपाईंको दिन, के भन्छ राशिफल ?

  • ३.
    आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

  • ४.
    विश्व रेडक्रस दिवसमा वीरेन्द्र बहुमुखी क्याम्पसमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

  • ५.
    मुर्शिदाबादमा लेनिनको सालिक तोडफोड, भाजपा समर्थकमाथि लाग्यो आरोप

  • ६.
    काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech