आज मिति वि.सं.२०८२ साल मङ्सिर १९ गते । शुक्रबार । ईश्वी सन् २०२५ डिसेम्बर ५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–प्रतिपदा, ५० घडी ५९ पला, रातको ३ बजेर ४५ मिनेट उप्रान्त द्वितीया ।
नक्षत्र–रोहिणी, १७ घडी १७ पला, दिउसो १ बजेर ३६ मिनेट उप्रान्त मृगशिरा । योग–सिद्ध, ९ घडी १ पला, बिहान १० बजेर १८ मिनेट उप्रान्त साध्य । करण–बालव, बेलुकी ४ बजेर १३ मिनेट उप्रान्त कौलव, रातको ३ बजेर ५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मीत्र योग । चन्द्रराशि–वृष ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी ३ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खाद्यान्न तथा होटल रेष्टुरेन्टको लगानीबाट मनग्गे आम्दानी हुनेछ । निर्माण सामाग्री, गरगहना तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ भने रमाइलो स्थानको यात्रा गर्ने अवसर जुर्नेछ । मनोरञ्जन तथा पारिवारिक यात्रामा समय खर्च हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ । अध्ययनमा मन जानेछ भने खेल क्षेत्रमा भरपुर मनोरञ्जन गर्न सकिनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाढिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ । पुराना कमीकमजोरी हरूलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । राजनीति तथा सामाजिक काममा समय दिनेहरूका लागी पद प्राप्तिको योग रहेको छ । खेलाडी तथा खेल क्षेत्रमा काम व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय तथा कामको तालमेल नमिल्दा अध्ययन वा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरीको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । तरपनि व्यापारी, विद्यार्थी तथा सामाजिक काम गर्नेहरूका लागी समयले साथ दिनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यापारी, पत्रकार र शुभचिन्तकका लागी समय उत्तम रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार तथा औद्योगिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेको छ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनतले जीवन शैलीमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कीर्तिमानी काम गर्न सकिनेछ । खेलाडी तथा खेल क्षेत्रमा चासो राख्ने वा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दिदीबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्नेछ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । तरपनि यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) विभिन्न भौतिक तथा बिलासी सामानको प्रयोग गर्न पाइनेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामीप्य बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । वित्तीय क्षेत्रमा गरिएको लगानीबाट आम्दानी गर्न सकिनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ भने न्यायालयबाट हुने न्यायिक निर्णय तपाईँकै पक्षमा हुनेछ । पढाइ लेखाइमा सहपाठी हरूलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यवसाय सुचारु गर्न सकिनेछ भने उत्पादित उद्योगको लगानीबाट नाफा कमाउन सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । खेल क्षेत्रमा चासो बढ्ने तथा सहभागी भएर मनोरञ्जन गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शिक्षा तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा काम पाउने तथा बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययन कै सिलसिलामा यात्रा हुने योग रहेको छ । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ भने भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । खेलाडी, पत्रकार तथा खेल क्षेत्रमा काम गर्ने व्याक्तिहरुका लागी समय राम्रो रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार तथा उद्योगमा गरिने लगानीबाट प्रशस्त नाफा कमाउन सकिनेछ । सापटी दिइएका रकमहरू फिर्ता आउनाले दैनिकी सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग पाइनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको भरपुर सहयोग पाइनेछ । न्यायिक निर्णय तपाईँकै पक्षमा आउनेछ । खेल क्षेत्रमा संलग्न खेलाडी तथा यस क्षेत्रमा कार्यरत व्याक्तिहरुका लागी समय अनुकूल रहनेछ ।
तपाईँको दिन शुभ रहोस् ।









