भरतपुर बैशाख १३
भरतपुर महानगरपालिका वडा नं–४, गैँडा चोकस्थित नारायणी नदीकिनारमा हाल नामथर वतन नखुलेको अन्दाजी ४० वर्षको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको छ ।
चार/पाँच दिनअगाडिको जस्तो देखिने पुरुष व्यक्तिको शव घोप्टो परेको अवस्थामा फेला परेको हो । शव पोस्ट मार्टमका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।